close

सुबिसुको २१औं वार्षिकोत्सवमा २१ ठाउँमा रक्तदान कार्यक्रम

टेकपाना टेकपाना

पुस ३०, २०७८ १६:३५

सुबिसुको २१औं वार्षिकोत्सवमा २१ ठाउँमा रक्तदान कार्यक्रम

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट एवं नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभर २१ ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले रेडक्रससगँको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

यसअन्तर्गत बालुवाटार काठमाडाैं, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, वीरगञ्ज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, विराटनगर, विर्तामोड, बनेपा, नारायणघाट, चरिकोट, चपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे सुबिसुले जनाएकाे छ ।

‘कार्यक्रम सफल गराउन सहयोग पुर्‍याउनु भएका सम्पूर्णप्रति कम्पनी आभारी छ र आउने दिनमा यस्तै कार्यक्रमहरु गरी सामाजिक उत्तरदायित्वलाई पूर्णरुप गराउन कम्पनी सदैव तत्पर छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२