close

उत्तर कोरियाली ह्याकरले एक वर्षमै चोरे ४७ अर्ब बराबरको क्रिप्टोकरेन्सी

टेकपाना टेकपाना

पुस ३०, २०७८ १७:४७

उत्तर कोरियाली ह्याकरले एक वर्षमै चोरे ४७ अर्ब बराबरको क्रिप्टोकरेन्सी

काठमाडौं । उत्तर कोरियाली ह्याकरले सन् २०२१ मा ४०० मिलियन अमेरिकी डलर (४७ अर्ब रुपैयाँभन्दा बढी) मूल्यको क्रिप्टोकरेन्सी चोरेको पाइएकाे छ ।

ब्लकचेनसम्बन्धी विश्लेषण गर्ने कम्पनी चेनएनालिसिसकाे हालैकाे एक रिपाेर्टअनुसार कम्तिमा सातवटा ठूला साइबर आक्रमण गरी ह्याकरले सो मूल्यको क्रिप्टोकरेन्सी कब्जामा लिएका हुन् ।

सो कम्पनीका अनुसार उत्तर कोरियाका साइबर अपराधीका लागि २०२१ एक सफल वर्ष बन्यो । यस्तो साइबर हमला मुख्य गरी इनभेष्टमेन्ट कम्पनी र सेन्ट्रलाइज एक्सचेन्जमा भएको रिपाेर्टमा उल्लेख छ ।

यता उत्तर कोरियाले भने साइबर आक्रमणमा आफ्नो संलग्नना नभएको स्पष्टिकरण दिँदै आएको छ ।

‘२०२० देखि २०२१ सम्म उत्तर कोरिया संलग्न ह्याकको संख्या चारबाट सात पुगेको छ, र यी ह्याकबाट निकालिएको क्रिप्टाेकरेन्सीकाे मूल्य ४० प्रतिशतले बढेको छ,’ चेनएनालिसिसको रिपोर्टमा उल्लेख छ ।

फिशिङ लुर्स, कोड एक्स्प्लोइट, मालवेयर लगायतका विभिन्न तरिकाबाट ह्याकरले क्रिप्टोकरेन्सी प्लेटफर्ममा पहुँच बनाई त्यहाँ रहेको फन्ड उत्तर कोरिया नियन्त्रित एड्रेसमा सारेको साे रिपोर्टले जनाएको छ ।

क्रिप्टोकरेन्सी हट वालेटहरू इन्टरनेट र क्रिप्टोकरेन्सी नेटवर्कमा जोडिँदा निरन्तर ह्याकिङको जोखिममा रहने गरेको विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२