close

सिभिल बैंकको खाता खल्तीसँग लिंक गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

टेकपाना टेकपाना

पुस ३०, २०७८ १८:१४

सिभिल बैंकको खाता खल्तीसँग लिंक गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

काठमाडौं । सिभिल बैंकका ग्राहकले खल्ती वालेट प्रयोग गर्दा बोनस पाउने भएका छन् । यसअन्तर्गत खल्ती एपको ‘लिंक बैंक अकाउन्ट’ फिचर प्रयोग गरी आफ्नो बैंक अकाउन्ट खल्ती वालेटमा लिङ्क गराउँदा तुरून्तै एक सय रुपैयाँ बोनस पाउन सकिने भएको हो ।

साथै, हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्नसक्ने खल्तीले जनाएको छ ।

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुनेछ । प्रयोगकर्ताले लिंक गर्नुअगाडि केवाईसी भेरिफाई भने गराउनु पर्नेछ ।

केही सेकेन्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट खल्तीमा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।

यो अफर प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समय लाई कम गर्न ल्याइएको खल्तीले जनाएको छ ।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ ।

याे अफर फागुन १ सम्म लागू हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२