close

सस्तो मूल्यमा ‘साओमी १२ लाइट’ बजारमा आउँदै

टेकपाना टेकपाना

पुस ३०, २०७८ २०:५

सस्तो मूल्यमा ‘साओमी १२ लाइट’ बजारमा आउँदै

काठमाडौं । साओमीले गत डिसेम्बरमा आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ सार्वजनिक गरेको थियो । यसअन्तर्गत कम्पनीले साओमी १२, साोमी १२ प्रो र साओमी १२ एक्स बजारमा ल्याएको थियो ।

यी फोन विस्तारै विश्वबजारमा उपलब्ध हुने तरखरमा छन् । हालै बाहिरिएको एक विवरणअनुसार कम्पनीले साओमी १२ सिरिज अन्तर्गत चौंथो मोडल ल्याउने तयारी गरेको छ ।

यो फोनको नाम ‘साओमी १२ लाइट’ हुनेछ । साओमीयूआई डटनेटका अनुसार यो स्मार्टफोनले हालै ईईसी सर्टिफिकेसन प्राप्त गरेको छ, जसको मोडल नम्बर २२०३१२९जी रहेको छ ।

यो डिभाइसको नामबाटै थाहा हुनेछ कि यो मिडरेन्ज स्मार्टफोन हुनेछ । यसअघिका साओमी १० सिरिज र साओमी ११ सिरिज दुवैमा लाइट मोडल थिए ।

कम्पनीले लाइट मोडल खासगरी पातलो र हलुका डिजाइनमा ल्याउने गर्छ । साओमी १२ लाइट पनि यसअघिका लाइट मोडल जस्तै पातलो र हलुका हुनेछ । साथै यसले मिडरेन्ज प्रोसेसर प्रयोग गर्नेछ भने मूल्य पनि साओमी १२ सिरिजका अन्य मोडलमध्ये निकै सस्तो हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२