ट्रेन्डिङ:
सस्तो मूल्यमा ‘साओमी १२ लाइट’ बजारमा आउँदै भदौंबाट नेसनल पेमेन्ट गेट-वे सञ्चालनमा ल्याउने तयारी फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण कम्प्युटर सुरक्षाका लागि के ‘विण्डोज डिफेण्डर’ पर्याप्त छ ? स्मार्टफोनका ७ भ्रम, जसबाट आजै मुक्त हुँदा राम्रो दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका साओमी एमआई सिरिजको ब्याट्रीमा देखिएको उतार चढाव विदेशमा बस्नेले कसरी खोल्ने अनलाइन डलर खाता ? अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै युवा डेभलपर टिम ‘ओम्निकल’
close

सस्तो मूल्यमा ‘साओमी १२ लाइट’ बजारमा आउँदै

टेकपाना टेकपाना

पुस ३०, २०७८

सस्तो मूल्यमा ‘साओमी १२ लाइट’ बजारमा आउँदै

काठमाडौं । साओमीले गत डिसेम्बरमा आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ सार्वजनिक गरेको थियो । यसअन्तर्गत कम्पनीले साओमी १२, साोमी १२ प्रो र साओमी १२ एक्स बजारमा ल्याएको थियो ।

यी फोन विस्तारै विश्वबजारमा उपलब्ध हुने तरखरमा छन् । हालै बाहिरिएको एक विवरणअनुसार कम्पनीले साओमी १२ सिरिज अन्तर्गत चौंथो मोडल ल्याउने तयारी गरेको छ ।

यो फोनको नाम ‘साओमी १२ लाइट’ हुनेछ । साओमीयूआई डटनेटका अनुसार यो स्मार्टफोनले हालै ईईसी सर्टिफिकेसन प्राप्त गरेको छ, जसको मोडल नम्बर २२०३१२९जी रहेको छ ।

यो डिभाइसको नामबाटै थाहा हुनेछ कि यो मिडरेन्ज स्मार्टफोन हुनेछ । यसअघिका साओमी १० सिरिज र साओमी ११ सिरिज दुवैमा लाइट मोडल थिए ।

कम्पनीले लाइट मोडल खासगरी पातलो र हलुका डिजाइनमा ल्याउने गर्छ । साओमी १२ लाइट पनि यसअघिका लाइट मोडल जस्तै पातलो र हलुका हुनेछ । साथै यसले मिडरेन्ज प्रोसेसर प्रयोग गर्नेछ भने मूल्य पनि साओमी १२ सिरिजका अन्य मोडलमध्ये निकै सस्तो हुनेछ ।