ट्रेन्डिङ:
गोपनीयताका लागि ब्लकचेन प्रविधिमा आधारित मेसेजिङ एप 'विस्पर' शुद्ध नेपाली लेख्न सिकाउने सफ्टवेयर उत्कृष्ट ५ नेपाली ट्राभल भ्लगर, भिडियो हेर्दै गर्नुहोस् दशैं बिदाको सदुपयोग गुगल म्याप प्रयोग गर्दा आउने आवाज कसको होला ? नेपाली बजारमा सामसङ ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ र ‘जेड फ्लिप थ्री’ को प्रि-बुकिङ सुरू तीन करोड बढी सब्स्क्राइबर भएका युट्युबरले गरे पहिलो पटक अनुहार सार्वजनिक नागरिक एपबाट यसरी सजिलै लिन सकिन्छ प्यान नम्बर युट्युबमा फोरके भिडिओ हेर्न पैसा तिर्नुपर्ने ! २ पुसमा फ्रक्वेन्सी बोलकबोल हुँदै, बढ्ला त फोरजीको स्पिड ? सकियो रोबोटको फुटबलदेखी स्मार्ट होमसम्मको प्रदर्शनी
close

शुद्ध नेपाली लेख्न सिकाउने सफ्टवेयर

टेकपाना टेकपाना

माघ १, २०७८

शुद्ध नेपाली लेख्न सिकाउने सफ्टवेयर

काठमाडौं । ल्यापटप वा मोबाइलमा अंग्रेजी भाषा टाइप गर्दा स्पेलिङ बिग्रेला कि भनेर हामीले खासै चिन्ता लिनपर्दैन । अहिले प्रविधि निकै अघि बढिसकेको छ, जसले हामीलाई सजिलो बनाइदिएको छ ।

तर नेपाली भाषामा शुद्ध लेख्न चैं धेरैका लागि गार्हो भइरहेको देख्न सकिन्छ । आज हामी नेपाली शुद्धाशुद्धी चेक गर्ने टुलको विषयमा चर्चा गर्दैछौं, जसले नेपाली भाषा शुद्धसँग लेख्न विभिन्न सुझाव पनि दिन्छ ।

हामीले अंग्रजीमा लेखेको शब्द गलत छ भने तलपट्टि रातो लाइन देखापर्छ र त्यसलाई सच्याउन विभिन्न सुझाव पनि देखिन्छ । त्यतिमात्र होइन, ‘ग्रामरली’ जस्ता धेरै टुल पनि विकास भएका छन्, जसले हामीले लेखेका कुरालाई शुद्ध र स्तरीय बनाउन सजिलो बनाइरहेका छन् ।

नेपाली भाषा वा शब्दलाई पनि शुद्ध र स्तरीय बनाउने एउटा वेबसाइट छ, हिज्जे डटकम । आज हामी यो वेबसाइटले कसरी काम गर्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।