close

‘स्मार्ट डाउनलोड’ फिचर ल्याउँदै युट्युव

टेकपाना टेकपाना

माघ १, २०७८ १०:३४

‘स्मार्ट डाउनलोड’ फिचर ल्याउँदै युट्युव

काठमाडौं । युट्युवले भिडिओ डाउनलोड गर्न नयाँ सुविधा ल्याउने भएको छ । कम्पनीले यसका लागि युट्युवको एन्ड्रोइड एपमा ‘स्मार्ट डाउनलोड’ फिचर परीक्षण गरिरहेको छ ।

यो फिचरले तपाईंले युट्युवमा हेर्ने भिडिओ प्राथमिकताका आधारमा हप्तामा २० वटा भिडिओ स्वतः डाउनलोड गरिदिनेछ । तर वाई-फाई प्रयोग भएको बेलामा मात्र याे फिचरले भिडिओ डाउनलोड गर्नेछ ।

प्रयोगकर्ता घरबाहिर रहँदा पनि मनपर्ने भिडिओ मोबाइल डेटाबिनै हेर्न सकुन् भन्ने उद्देश्यले युट्युवमा याे फिचर आउन लागेको हो ।

यो फिचरबाट कुनै भिडिओ डाउनलोड हुनुअघि मोबाइलमा स्टोरेज सकिएको छ भने एपले नै सूचित गर्नेछ । यसरी डाउनलोड भएका भिडिओ युट्युव एपको लाइब्रेरी ट्याबमा गएर हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२