close

कोभिडको समयमा घरबाटै कार्यालयको काम गर्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

टेकपाना टेकपाना

माघ १, २०७८ १२:३१

कोभिडको समयमा घरबाटै कार्यालयको काम गर्दै हुनुहुन्छ ? ख्याल राख्नुहोस् यी कुरा

काठमाडौं । काेभिड-१९ काे तेस्राे लहर फैलिँदै मानिसहरू फेरि उच्च सतर्कतामा आफ्ना नियमित काम गरिरहेका छन् । घरबाटै पढ्ने, कार्यालयका काम गर्ने, आर्थिक कारोबार गर्ने लगायतका गतिविधि फेरि हुन थालेका छन् ।

वर्क फ्रम होम अभ्यास गरिरहँदा सुरक्षित सञ्चार तथा साइबर सेक्युरिटीका लागि धेरै कुराहरु ख्याल राख्नुपर्ने हुन्छ । वर्किङ एरियालाई सुरक्षित बनाउन धेरै संसाधानहरुको आवश्यकता पर्छ ।

टाढाबाट प्रयोग भइरहेका कर्पोरेट उपकरणहरु कति सुरक्षित छन् भनेर कम्पनीले निर्क्यौल गर्न सक्नुपर्छ । कतिपय कर्मचारीले त कार्यालयसँग कनेक्ट हुन आफ्नै घरको डिभाइस पनि प्रयोग गरिरहेका हुन्छन् ।

सुरक्षित रहन यसो गर्नुहोस्

वर्क फ्रम होमको दौरान साइबर सुरक्षा कायम गरी मेलिसियस माल्वेयर तथा रेन्समवेयरबाट बच्न कर्मचारीहरुलाई सही उपकरण तथा सूचनाहरु प्रदान गर्न आवश्यक छ । घरबाट काम गरिरहेका सम्पूर्ण कर्मचारीले सरक्षित रुपमा काम गरिरहेको विषय सुनिश्चित गर्नुपर्ने हुन्छ ।

  • यस्तो बेलामा आईटी वा सुरक्षा समस्या परेको अवस्थामा कोसँग सम्पर्क राख्ने भन्ने बारेको पूर्व तयारी गर्ने ।
  • कर्मचारीका लागि आधारभूत सेक्युरिटीको सचेतानाका लागि कम्पनीहरुले निश्चित अवधिमा प्रशिक्षणको व्यवस्था मिलाउने । यी सबै तयारी तथा कामहरु अनलाइनमार्फत नै सञ्चालन गर्न सकिन्छ । यस्ता प्रशिक्षणहरुमा अकाउन्ट तथा पासवर्ड व्यवस्थापन, ईमेल सुरक्षा, ईण्ड प्वाइन्ट सेक्युरिटी र वेब ब्राउजिङ जस्ता विषयहरु समावेश गर्न सकिन्छ ।
  • पासवर्ड प्रोटेक्सन, वर्क डिभाइसलाई इन्क्रिप्ट गर्ने तथा डेटा ब्याकअप गर्ने जस्ता डेटा सुरक्षाका उपायहरु अपनाउने ।
  • डिभाइस, सफ्टवेयर, एप्लिकेसन तथा सर्भिसहरुमा पछिल्ला प्याचहरुलाई सधैं अपडेटेड राख्ने । यसका लागि तपाईं प्रोटेक्सन सफ्टवेयर इन्स्टल गरेर राख्न पनि सक्नुहुन्छ ।
  • मोबाइल डिभाइसमा उपलब्ध प्रोटेक्सनलाई डबल चेक गर्नुहोस् । उदाहरणका लागि यसमा रिमोट डिभाइस लोकेसन, डेटाको लकिङ तथा  वाइपिङ, स्क्रीन लकिङ, पासवर्ड तथा बायोमेट्रिक्स सुरक्षा फीचरहरु (फेसआइडी वा टचआइडी जस्ता सुरक्षा फिचरहरु) इनेबल गर्नुहोस् ।
  • कर्मचारीहरुले आधिकारिक एप्लिकेसन मात्र प्रयोग गरिरहेका छन् भन्ने कुरा सुनिश्चित गर्न कम्पनीहरुले एप्लिकेसन कन्ट्रोललाई इनेबल गर्ने ।
  • राउटर सपोर्टलाई सुनिश्चित गर्नुहोस् र वाई-फाईलाई वभििन्न डिभाइसहरुमा ट्रान्समिट गरिरहँदा डिभाइसले र वाई-फाई दुवैले राम्ररी काम गरिरहेको सुनिश्चित गर्नुहोस् ।
  • सम्भावित सुरक्षा समस्याहरु आइपर्न नदिन आफ्नो राउटरलाई निरन्तर अपडेट गरिरहनुहोस् ।
  • आफ्नो राउटर र वाई-फाई नेटवर्कका लागि बलियो पासवर्ड सेटअप गर्नुहोस् ।
  • यदि सक्नुहुन्छ भने आफ्नो कम्पनीले दिएको कर्पोरेट डिभाइसमा मात्र काम गर्नुहोस् । आफ्नो व्यक्तिगत कम्प्युटरमा कर्पोरेट जानकारीहरु राख्दा सम्भावित सुरक्षा तथा गोपनीयताको जोखिमको विषयमा सचेत रहनुहोस् ।
  • आफ्नो वर्क अकाउन्ट अरु कसैसँग शेयर नगर्नुहोस् ।
  • घरबाट काम गरिरहँदा कुनै समस्या देखियो भने आफ्नो आईटी वा साइबर सुरक्षा टिमसँग सधैं खुलेर कुरा राख्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२