close

कहिले आउँदैछ एप्पलको बहुप्रतिक्षित एआर/भीआर हेडसेट ?

टेकपाना टेकपाना

माघ १, २०७८ १५:३

कहिले आउँदैछ एप्पलको बहुप्रतिक्षित एआर/भीआर हेडसेट ?

काठमाडौं । सन् २०२० मा नै सार्वजनिक हुने भनिएको एप्पलको भर्चुअल रियालिटी/अगमेन्टेड रियालिटी हेडसेट (भीआर/एआर हेडसेट) सन् २०२१ मा पनि सार्वजनिक हुन सकेन । पछिल्लाे समय एप्पलले आउँदो जुन महिनासम्म यो उत्पादन बजारमा ल्याउने चर्चा गरिएकाे थियो ।

तर प्रयोगकर्ताले यो हेडसेटका लागि अझै महिनौं कुनुपर्ने भएको छ । ब्लुमबर्गको एक रिपोर्ट अनुसार सफ्टवेयरमा देखिएको समस्याका कारण यो उत्पदन सम्भवतः यो वर्षको अन्त्य वा सन् २०२३ मा मात्र सार्वजनिक हुनेछ ।

ओभरहिटिङ र क्यामेरामा देखिएको समस्याका कारण हेडसेट सार्वजनिक हुन थप ढिलाइ हुने भएको हो । यद्यपि एप्पलले आधिकारिक रूपमा यसबारे केही बताएको छैन ।

यसअघि एप्पलले विश्वव्यापी डेभलपर कन्फ्रेन्सको अवसर पारी यो उत्पादन सार्वजनिक गर्नसक्ने चर्चा गरिएको थियो ।

यो हेडसेट आफ्नै अपरेटिङ सिस्टममा चल्ने जनाइएको छ । हेडसेटमा एक दर्जनभन्दा बढी क्यामेरा, एटके डिस्प्ले, आई ट्र्याकर लगायतका फिचर हुनसक्छ ।

शक्तिशाली चिप, हाई रेजोलुसन स्क्रिन, नयाँ अडियो प्रविधि लगायतका कारण यो हेडसेट महँगो (करिब २ हजार डलर) हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२