close

टेलिकमको नयाँ सिमकार्ड किन्नेलाई ब्यालेन्ससँगै ६० एमबी डेटा, ४० मिनेट टकटाइम अनि २० एसएमएस

टेकपाना टेकपाना

पुस १४, २०७६ ९:२३

टेलिकमको नयाँ सिमकार्ड किन्नेलाई ब्यालेन्ससँगै ६० एमबी डेटा, ४० मिनेट टकटाइम अनि २० एसएमएस

नयाँ सिमकार्ड खरीद गर्ने ग्राहकका लागि नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए प्रिपेड सिमकार्ड खरद गर्ने ग्राहकका लागि कम्पनीले ब्यालेन्स सहित टक टाइम, एसएमएस र डाटा प्याकेज सहितको नयाँ अफर ल्याएको हो ।

नयाँ अफर अनुसार अब नयाँ सिमकार्ड किन्ने ग्राहकले १० रुपैयाँ ब्यालेन्स, ६० एमबी डेटा र २० ओटा म्यासेज सहितको प्याकेज पाउनेछन् । यस अघि ५० रुपैयाँ ब्यालेन्स मात्रै दिइने गरिएको थियो ।

आउँदो बुधबार देखि लागु हुने नयाँ सुविधा अनुसार ग्राहकहरुले नयाँ सिमकार्डसँगै प्राप्त १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस गर्न, डाटा चलाउन सक्नेछन् भने ४० मिनेटको टकटाइम र २० ओटा एसएमएस कम्पीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यस अघि सिम खरीद गरेर बुधबार वा त्यसभन्दा पछि एक्टिभ गर्ने ग्राहकले समेत नयाँ सुविधा प्राप्त गर्ने बताइएको छ । सिमकार्डम नयाँ सुविधा थप भए पनि यसको मूल्य भने ९० रुपैयाँ यथावत नै राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१