close

जनवरी १६ लाई ‘नेसनल स्टार्टअप डे’ का रुपमा मनाउने मोदीको घोषणा

टेकपाना टेकपाना

माघ १, २०७८ २०:५१

जनवरी १६ लाई ‘नेसनल स्टार्टअप डे’ का रुपमा मनाउने मोदीको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले जनवरी १६ लाई नेसनल स्टार्टअप डे (राष्ट्रिय स्टार्टअप दिवस) का रूपमा मनाउने घोषणा गरेका छन् ।

शनिबार १५० भन्दा बढी स्टार्टअपहरुसँग भिडिओ अन्तर्क्रिया गर्ने क्रममा मोदीले नयाँ भारत निर्माणका लागि स्टार्टअप मेरुदण्ड भएको बताउँदै राष्ट्रिय दिवसको मान्यता दिने घोषणा गरेका हुन् ।

‘स्टार्टअपहरू नयाँ भारतको मेरुदण्ड बन्न गइरहेका छन् । जब भारतले स्वतन्त्रताको १०० वर्ष पुुरा गर्नेछ, स्टार्टअपहरूको महत्त्वपूर्ण भूमिका हुनेछ । भारतका इनोभेटर (आविष्कार) हरु विश्वव्यापी रुपमै देशको नाम राख्न सफल भएका छन्,’ मोदीले भने ।

साथै उनले भारतको स्टार्टअप इकोसिस्टम निरन्तर नयाँ खोज र सुधारको बाटोमा लागेको भन्दै युवा पुस्तालाई बधाइसमेत दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२