close

नेपालमा एसेम्बल गरिएका इलेक्ट्रिक बाइक सार्वजनिक

टेकपाना टेकपाना

माघ १, २०७८ २२:१८

नेपालमा एसेम्बल गरिएका इलेक्ट्रिक बाइक सार्वजनिक

काठमाडौं । अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपालमा एसेम्बल गरिएका इलेक्ट्रिक बाइक सार्वजनिक गरेकाे छ । चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै जैष्णवीले ‘याक’ बाइक नेपाली बजारमा सार्वजनिक गरेकाे हाे ।

यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरणमैत्री सवारी बनाउने लक्ष्य राखेको छ । कम्पनीले ‘स्मार्ट सिटी, स्मार्ट राइड’ भन्ने नाराका साथ यी इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो ।

कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिमसमेत दिने कम्पनीले घोषणा गरेको छ ।

जैष्णवी ग्रुपका प्रमुख कार्यकारी अधिकृत जोन खड्का र अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यो पहलले नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताए ।

विकासको दिगोपन भनेको वातावरणको व्यवस्थापन र आज हामीले प्रयोग गर्ने स्रोतसाधनमा धेरै निर्भर हुने कुरा बुझेको छ, त्यसैले आजको स्रोत व्यवस्थापनमा खर्च हुने विश्वासका साथ जैष्णवी ग्रपले याक बाइकको सोच ल्याएको उनीहरूले बताए ।

पेट्रोलियमको आयात कटौती गर्ने उद्देश्यले हामीले यसलाई नेपालमा एसेम्बल गर्ने सोचका साथमा नेपाली माटो सुहाउदो विद्युतीय सवारी साधन ल्याएकाे कम्पनीकाे दाबी छ ।

कम्पनीले काठमाडौं उपत्यकाका प्रमुख स्थानमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने याेजनासमेत ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२