close

विज्ञान प्रविधिको ‘नास्ट गान’ बनाउन आह्वान, सर्वोत्कृष्टलाई ५० हजार रुपैयाँ पुरस्कार

टेकपाना टेकपाना

माघ २, २०७८ १०:४

विज्ञान प्रविधिको ‘नास्ट गान’ बनाउन आह्वान, सर्वोत्कृष्टलाई ५० हजार रुपैयाँ पुरस्कार

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आफ्नो नास्ट गान बनाउने भएको छ । नास्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवम् नवप्रवर्तन सम्बन्धी गान तयार गरी पेश गर्न आह्वान गरिएको हो ।

‘नास्ट गान’ मार्फत देशको समृद्धि बारे पूर्ण भाव प्रस्फुटन हुनुपर्ने भन्दै नास्टले ‘नास्ट गान’ नेपाली भाषामा तयार गर्नुपर्ने बताएको छ ।

यसअनुसार इच्छुक सर्जकहरूले ६० शब्दमा नबढाई यही माघ मसान्तभित्र नास्ट गान तयार पारी पठाइसक्नुपर्नेछ ।

यहाँ क्लिक गरी ई-मेलमार्फत आफ्नो नास्ट गान पठाउन सकिनेछ । सर्वोत्कृष्ट ‘नास्ट गान’ लाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२