close

वर्ल्ड रेमिटमार्फत मलेसियाबाट नेपालका जुनसुकै बैंक खातामा पैसा पठाउन सकिने

टेकपाना टेकपाना

माघ २, २०७८ १५:४०

वर्ल्ड रेमिटमार्फत मलेसियाबाट नेपालका जुनसुकै बैंक खातामा पैसा पठाउन सकिने

काठमाडौं । अब दक्षिणपूर्वी एसियाली देश मलेसियाबाट समेत वर्ल्डरेमिट मार्फत नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा तुरुन्त रकम पठाउन सकिने भएकाे छ ।

यसअघि विश्वका ५० भन्दा बढी मुलुकबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रणनीतिक साझेदारी भएकाे थियाे ।

अब मलेसियामा बस्दै आएका नेपालीले बिना झन्झट वर्ल्ड रेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्नेछन् ।

यसका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ ।

यस साझेदारीले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहेका आफ्ना परिवारजन तथा आफन्तलाई तत्काल सुरक्षित रुपमा रकम पठाउनसक्ने जनाइएकाे छ ।

वर्ल्ड रेमिट एपका अलावा यसको वेबसाइट लगइन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२