close

आईफोन १४ सिरिजका सबै मोडलमा १२० हर्जको डिस्प्ले !

टेकपाना टेकपाना

माघ २, २०७८ १८:३८

आईफोन १४ सिरिजका सबै मोडलमा १२० हर्जको डिस्प्ले !

काठमाडौं । आउँदो सेप्टेम्बर महिनामा सार्वजनिक हुने बताइएको आईफोन १४ सिरिजका स्मार्टफोनको केही विवरण बाहिरिएको छ ।

अनलाइनमा विभिन्न स्रोतले दिएका विवरण अनुसार एप्पलले आईफोन १४ सिरिजका सबै मोडलमा १२० हर्जको रिफ्रेस रेट सहितको डिस्प्ले उपलब्ध गराउँदैछ ।

आईफोन १३ सिरिजमा भने आईफोन १३ प्रो र प्रो म्याक्समा मात्र यो डिस्प्ले उपलब्ध छ । यद्यपि आफ्नो आवश्यकता अनुसार रिफ्रेस रेट मिलाउन मिल्ने फिचर भने उपलब्ध हुने अनुमान गरिएको छ ।

त्यसैगरी आईफोन १४ सिरिजका सबै फोन ६ जीबी र्‍यामको भेरियन्टबाट सुरु हुने पनि बताइएको छ । जबकि आईफोन १३ सिरिजमा आईफोन १३ र १३ मिनी ४ जीबीको भेरियन्टमा उपलब्ध थियो ।

आईफोन १४ सिरिजमा आईफोन १४, १४ म्याक्स, १४ प्रो र १४ प्रो म्याक्स उपलब्ध हुने अनुमान छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२