close

माेटाेराेलाकाे नयाँ स्मार्टफाेनमा २०० मेगापिक्सेल क्यामेरा

टेकपाना टेकपाना

माघ ३, २०७८ १३:१९

माेटाेराेलाकाे नयाँ स्मार्टफाेनमा २०० मेगापिक्सेल क्यामेरा

काठमाडौं । स्मार्टफोन ब्राण्ड मोटोरोला नयाँ स्मार्टफोन ‘मोटोरोला एज ३० अल्ट्रा’ सार्वजनिक गर्ने तयारीमा छ । गएको डिसेम्बरमा सार्वजनिक भएको मोटोरोला एज एक्स३० को रिब्राण्डेड भर्सनको रुपमा कम्पनीले यो फोन विश्व बजारमा भित्र्याउन लागेकाे हाे ।

टेक्निक न्युजले फेला पारेको कागजात अनुसार लेनेभोको कम्पनी मोटोरोलाले ‘फ्रन्टटियर’ कोडनेमका साथ नयाँ फ्ल्यागशिप स्मार्टफोनको तयारी गरिरहेको छ ।

जसमा स्न्यापड्रागनको नेक्स्ट जेनरेशनयुक्त ८ जेन १ चिपसेट उपलब्ध हुनेछ । साथै फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ ।

६.६७ इन्चको डिस्प्ले रेहको फोनमा पी–ओएलईडी कर्भ्ड एज युक्त फुल एचडी प्लस डिस्प्ले रहनेछ ।

१४४ हर्ज रिफ्रेस रेटयुक्त फोनमा सेल्फीका लागि ६० मेगापिक्सेलको ओम्निभिजन क्यामेरा रहने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२