close

प्रविधिका यी हस्ती, जसले कोभिड महामारीका बीच आम्दानी दोब्बर बनाए

टेकपाना टेकपाना

माघ ३, २०७८ १४:१५

प्रविधिका यी हस्ती, जसले कोभिड महामारीका बीच आम्दानी दोब्बर बनाए

काठमाडौं । सन् २०१९ को अन्त्यतिर सुरु भएको कोरोना महामारीले विश्वकै अर्थतन्त्रमा असर गर्‍यो । कति कम्पनी बन्द भए, कतिले आफ्नो जागिर गुमाए त कतिले लाखौंको घाटा व्योहोर्नुपर्‍यो ।

अक्सफार्मको २०२० मार्चदेखि २०२१ अक्टोबरसम्मको तथ्याङ्क लिएर तयार गरिएको रिपोर्ट अनुसार विश्वको ९९ प्रतिशत जनसंख्याको आम्दानी घटेको छ । यद्यपि प्रविधि क्षेत्रका यस्ता केही हस्ती छन्, जसले यही महामारीबीच आफ्नो आम्दानी दोब्बर गरेका छन् ।

अक्सफार्मले हालै मात्र विश्वका यस्ता १० हस्तीको सूची सार्वजनिक गरेको छ, जसको आम्दानी कोरोना महामारीको समयमा दोब्बर भएको छ । तीमध्ये आठजना प्रविधि क्षेत्रका व्यक्ति छन् । याे सूचीमा गैरप्रविधि क्षेत्रका तर्फबाट बर्नाड अर्नाेल्ट (तेस्राे) र वारेन बफेट (दशाैं) मात्रै छन् ।

यो सूचीको पहिलो नम्बरमा छन्, टेस्लाका मालिक एलन मस्क । रिपोर्टका अनुसार महामारीको पहिलो २० महिनामा मस्कको आम्दानी १० गुणाले बढेर २९४ अर्ब डलर पुगेको थियो ।

त्यस्तै सूचीको दोस्रो नम्बरमा छन्, अमेजनका संस्थापक जेफ बेजोस । सो अवधिमा उनको आम्दानी ६७ प्रतिशतले बढेर २०३ अर्ब डलर पुगेको थियो भने चौथौं स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सको आम्दानी ३१ प्रतिशतले बढेर १३७ अर्ब डलर पुगेको थियो ।

पाँचौं स्थानमा भने अमेरिकाको कम्प्युटर सफ्टवेयर कम्पनी ‘ओराकल कर्पोरेशन’ का पूर्वकार्यकारी प्रमुख ल्यारी एलिसन छन्, जसको आम्दानी महामारीको समयमा ९९ प्रतिशतले वृद्धि भएर १२६ अर्ब डलर पुगेको थियो ।

छैठौं स्थानमा रहेका कम्प्युटर वैज्ञानिक ल्यारी पेजको आम्दानी १२५ प्रतिशतले बढेर १२३ अर्ब डलर पुगेको थियो भने सातौं स्थानमा रहेका अर्का कम्प्युटर वैज्ञानिक सर्गे ब्रिनको आम्दानी पनि १२५ प्रतिशतले नै बढेर ११८ अर्ब डलर पुगेको थियो ।

मेटा ‘फेसबुक’ का संस्थापक मार्क जुकरबर्ग, जसको आम्दानी महामारीको समयमा १०१ प्रतिशतले बढेर ११८ अर्ब डलर पुगेको थियो ।

त्यस्तै सूचीकाे दशौं नवौं स्थानमा रहेका माइक्रोसफ्टका पूर्व कार्यकारी प्रमुख स्टिभ बलमरको आम्दानी ८५ प्रतिशतले बढेर १०४ अर्ब डलर पुगेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२