close

फेसबुकमा तपाईंले कति समय बिताउनुभयो ? यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

माघ ३, २०७८ १८:३९

फेसबुकमा तपाईंले कति समय बिताउनुभयो ? यसरी थाहा पाउनुहोस्

काठमाडाैं । फेसबुकमा तपाईं कति समय बिताउनुहुन्छ ? यसको लेखाजोखा कहिल्यै गर्नुभएको छ त ? वास्तवमा फेसबुकमा आफूले बिताउने समयले पनि यसप्रति आफ्नो कति लगाव छ भन्ने कुरा थाहा पाउन सकिन्छ । आज हामी यही विषयमा छोटो जानकारी दिँदैछौं ।

फेसबुकमा बिताएको समय थाहा पाउन आईओएस वा एन्ड्राेइडका लागि फेसबुक एप प्रयोग गरेको हुनुपर्छ । फेसबुकमा तपाईंले खर्च गरेको समय आफ्नो डिभाइसमा फेसबुक एप प्रयोग गरी हेर्न सक्नुहुन्छ ।

फेसबुकमा बिताएको समय तपाईंले एप खोल्दा सुरु हुन्छ र तपाईंले यसलाई बन्द गर्दा वा डिभाइसमा अर्को एप प्रयोग गर्दा समय समाप्त हुन्छ ।

आफूले फेसबुकमा बिताएको समय थाहा पाउन: 

-फेसबुकको माथि दायाँपट्टि रहेको तीन धर्कामा ट्याप गर्नुहोस् ।

-Setting & Privacy मा जानुहोस् ।  

-Your Time on Facebook मा ट्याप गर्नुहोस् ।  

तपाईंले आफ्नो डिभाइसमा फेसबुक एप प्रयोग गरेर बिताएको प्रति दिनको औसत समय देख्नुहुनेछ । तपाईंले विगत सात दिनमा एप प्रयोग गरेर कति समय बिताउनुभएको छ भन्ने कुराको भिजुअल प्रतिनिधित्व पनि देख्नुहुनेछ ।

Your Time on Facebook मा ट्याप गरिसकेपछि Set Daily Time Reminder गरेर तपाइले समय सीमा पनि राख्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२