close

डेटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना इन्टरनेट चलाउन सकिने

टेकपाना टेकपाना

माघ ३, २०७८ २१:२२

डेटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना इन्टरनेट चलाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले आजदेखि विन्टर अफर लागू गरेको छ । यसअन्तर्गत कम्पनीले डेटा, भ्वाइस र एसएमएसका विभिन्न प्याक ल्याएको छ ।

यसैबीच कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डेटा अफरमा थप प्याकेज उपलब्ध गराएको छ ।

पहिले २८ दिनका लागि ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध रहेकाेमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध गराइएको छ।

यी तीन प्याकमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डेटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायतका सेवा उपलब्ध गराइएको छ ।

यसअन्तर्गत ताेकिएकाे डेटा सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट निरन्तर चलाउन सकिने सुविधा यी प्याकमा दिइएकाे कम्पनीले जनाएकाे छ ।

टेलिकमले उपलब्ध गराएको विभिन्न अफर लिनका लागि *1415# डायल गरी लिन सकिने छ । साथै कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यसबारे जानकारी लिन र प्याक खरिद गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२