close

रिब्राण्डिङ गर्दै दराज, सार्वजनिक भयो नयाँ लोगो

टेकपाना टेकपाना

माघ ४, २०७८ ११:२०

रिब्राण्डिङ गर्दै दराज, सार्वजनिक भयो नयाँ लोगो

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराजले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ । सिंगापुरमा मुख्यालय रहेको दराजले नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा व्यवसाय सञ्चालन गरिरहेको छ ।

दराज समूहका संस्थापक एवं सीईओ बियार्के मिक्केलसनले नयाँ ब्राण्डको सुरुवातसँगै व्यवसायका लागि एक रोमाञ्चक पाइला सुरु भएको बताए ।

‘विगत सात वर्षमा दराजले धेरै विकास गरेको छ र हामी हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा, कसरी ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायको रूपमा गियरहरू परिवर्तन गर्दैछौं भनेर देखाउन ब्राण्डको विकास गर्ने यो सही समय हो,’ उनले भने ।

उनले ब्राण्डको नयाँ रूप र अनुभूतिले दराजको प्रगति, नवीनता, अन्वेषण र आविष्कारको अंश रहेको तत्वहरूलाई प्रतिनिधित्व गर्ने भनाइ राखे ।

रिब्राण्डको विभिन्न पक्षमध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो हो । यो नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्दछ, जुन ई-कमर्स प्लेटफर्मले एसएमई विक्रेताहरूलाई ग्राहकसँग भौतिक रूपमा कसरी जडान गर्दछ भन्ने प्रतीकात्मक छ ।

लोगोको केन्द्रमा एउटा तीर छ जुन प्रगति र द्रुत डेलिभरीमा केन्द्रित छ, तर प्रयोगकर्ताका लागि थप गतिशील सामग्री अनुभव सिर्जना गर्न दराज कसरी निरन्तर नवप्रवर्तन गरिरहेको छ भन्ने प्रतीक ‘प्ले बटन’ जस्तै पनि देखिन्छ ।

रिब्राण्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने बित्तिकै आँचलले पदभार ग्रहण गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२