close

ब्याट्री जोगाउन ल्यापटप शटडाउन गर्ने बानी छ ? अब छोड्नुहोस्

टेकपाना टेकपाना

माघ ४, २०७८ १६:४४

ब्याट्री जोगाउन ल्यापटप शटडाउन गर्ने बानी छ ? अब छोड्नुहोस्

काठमाडौं । यदि तपाईं विण्डाेज प्रयोगकर्ता हुनुहुन्छ र प्रयोग नभएको समयमा ल्यापटप पूर्ण रुपमा शटडाउन गर्दा ब्याट्री टिक्छ भन्ने सोचेर कम्प्युटर शटडाउन गर्ने बानी छ भने तपाईं गलत हुन सक्नुहुन्छ ।

विशेषगरी विण्डाेज १० र ११ मा ल्यापटपको ब्याट्री टिकाउन भनेर विभिन्न फिचर थपिएका छन् । विहानदेखि प्रयोग गरेर साँझमा ल्यापटपको प्रयोग सकेपछि शटडाउन गर्नु सामान्य हो ।

यद्यपि यदि तपाईं ल्यापटप केही समय प्रयोग गर्दै, केही समय बन्द गर्दै पुनः प्रयोग गर्नुहुन्छ भने यस्तो समयमा शटडाउन गर्नु उपयुक्त हुँदैन । यसरी प्रयोगपश्चात शटडाउन गर्नुभन्दा ल्यापटपलाई ‘स्लिप मोड’ (sleep mode) मा राख्नु बढी उपयोगी हुन्छ ।

स्लिप मोडमा भएको ल्यापटपलाई ओपन गर्दा धेरै ब्याट्री खपत गर्दैन, जति तपाईंले शटडाउन भएको ल्यापटपलाई अन गर्दा खपत हुन्छ । अर्को फाइदा भनेको पावर अन गर्नुभन्दा स्लिप मोडबाट ल्यापटप अन गर्दा प्रयोगको लागि छिटो तयारी अवस्थामा रहन्छ ।

यसको लागि पावर बटनमा क्लिक गरेर ‘स्लिप’ मोडमा क्लिक गर्न सक्नुहुन्छ, अथवा सिधै ल्यापटपलाई बन्द गर्दा पनि ल्यापटप स्लिप मोडमा जान्छ । यसको अलवा तपाईंले ल्यापटपलाई हाइबर्नेट मोडमा पनि राख्न सक्नुहुन्छ ।

यसले तपाईंले गरिरहनु भएको कामलाई हार्ड डिस्क अथवा एसएसडीमा सेभ पनि गर्न मद्दत गर्छ । यसरी ल्यापटपलाई हाइबर्नेट मोडमा राखेपछि पुनः ल्यापटप अन गर्दा तपाईंले गरिरहेकाे सोही स्थानबाट सुरु हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२