२०७९, ८ जेष्ठ आइतबार   |  
Sunday 22nd May 2022

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पौने २ करोड नाघ्यो, यस्तो छ पछिल्लो तथ्याङ्क

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पौने दुई करोड नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो पाँच महिनामा देशभरबाट मोबाइल बैंकिङको प्रयोगकर्ता एक करोड ५९ लाख ४१ हजार ५३५ पुगेको छ ।

कात्तिक मसान्तसम्ममा मोबाइल बैंकिङका कूल प्रयोगकर्ताको संख्या एक करोड ५४ लाख ३० हजार ३७९ थियो । कूल संख्यामध्ये ‘क’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ४१ लाख ४५ हजार ९१० पुगेका छन् ।

त्यस्तै ‘ख’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता १७ लाख २५ हजार ६५ पुगेका छन् भने ‘ग’ वर्गको बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताकाे संख्या ७० हजार ५६० जना छ ।

यसैबीच इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १५ लाख २० हजार ६०० पुगेको छ । जसमध्ये १२ लाख एक हजार ३७३ ‘क’ वर्गको बैंकका, तीन लाख १० हजार ९०४ ‘ख’ वर्गको बैंकका र आठ हजार ७२३ ‘ग’ वर्गका प्रयोगकर्ता छन् ।

पछिल्लो समयमा डिजिटल भुक्तानीका विभिन्न माध्यम भएपनि अधिकांश प्रयोगकर्ताको रोजाइमा मोबाइल बैंकिङ नै परेको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team