close

५५औं वार्षिकोत्सवका अवसरमा कृषि विकास बैंकको छुट

टेकपाना टेकपाना

माघ ५, २०७८ ७:४४

५५औं वार्षिकोत्सवका अवसरमा कृषि विकास बैंकको छुट

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा आफ्ना सेवाग्राहीलाई डिजिटल प्रडक्ट तथा अन्य सेवामा छुट प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले माघ ७ गतेदेखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका, तर हालसम्म मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, भिसा डेविट कार्ड, डिम्याट, सि-आस्वा, मेरो शेयर र लकर सेवा नलिएका प्रयोगकतार्का लागि सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

साथै फागुन ७ गतेसम्म नयाँ खाता खोली उल्लेखित सेवा लिने ग्राहकलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने पनि बैंकले जनाएको छ ।

चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई बैंकले लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्थासमेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२