close

९० खर्बमा गेम निर्माता कम्पनी ‘एक्टिभिजन ब्लिजार्ड’ किन्दै माइक्रोसफ्ट

टेकपाना टेकपाना

माघ ५, २०७८ १२:२४

९० खर्बमा गेम निर्माता कम्पनी ‘एक्टिभिजन ब्लिजार्ड’ किन्दै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले भिडिओ गेम बनाउने कम्पनी ‘एक्टिभिजन ब्लिजार्ड’ ७५ अर्ब डलर (९० खर्ब रुपैयाँ) मा खरिद गर्ने भएको छ । कुनै प्रविधि कम्पनीले गरेको यो अहिलेसम्मकै ठूलो रकमको खरिद हो ।

माइक्रोसफ्टले कम्पनीको भ्यालु रकम ६८.७ अर्ब डलर र खुद नाफा ६.३७ अर्ब डलरसहित गरेर ७५ अर्ब डलरमा सो कम्पनी खरिद गर्न लागेको हो ।

पछिल्लो समयमा भिडिओ गेम निर्माता कम्पनीहरू खरिद-बिक्री गर्ने क्रम बढेको छ । हालै मात्र ‘ग्रान्ड थेफ्त अटो गेम सिरिज’ का निर्माता कम्पनी ‘टेक-टुु’ ले फार्म भिल्लाका निर्माता कम्पनी ‘जिङगा’ १२.७ अर्ब डलरमा खरिद गरेको थियो ।

डिजिटल मनोरञ्जनको दुनियाँमा भिडिओ गेमले पछिल्ला केही वर्षमा आफ्नो प्रभुत्त्व जमाइरहेको छ ।

यस्तोमा एक्टिभिजन खरिद पश्चात आफ्नो मेटाभर्ज प्रोजेक्टमा थप सहयोग हुने माइक्रोसफ्टको विश्वास रहेको छ । एक्टिभिजनको खेलहरूको ४०० मिलियन प्रयोगकर्ता छन् भने माइक्रोसफ्टको गेमिङ सर्भिसका दुई करोड ५० लाख सब्सक्राइबर छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२