close

फेसबुक इन्स्ट्यान्ट आर्टिकलबाट यसरी कमाउनुहोस् पैसा

टेकपाना टेकपाना

माघ ५, २०७८ १३:५९

फेसबुक इन्स्ट्यान्ट आर्टिकलबाट यसरी कमाउनुहोस् पैसा

काठमाडौं । के तपाईंलाई थाहा छ फेसबुकमा हरेक प्रकाशक वा लेखकलाई पैसा कमाउने प्लेटफर्म ‘फेसुबक इन्स्ट्यान्ट आर्टिकल’ को सुविधा छ । सन् २०१६ देखि मेटा (फेसबुक) ले ‘मेटा जर्नलिजम प्रोजेक्ट’ अन्तर्गत यो सेवा दिन सुरु गरेको हो ।

मोबाइलबाट वेबसाइट स्लो चल्ने, तुरुन्त लिंक क्लिक गर्दा नखुल्ने प्रकारका केही समस्यालाई सम्बोधन गर्दै कम्पनीले विशेष मोबाइल प्रयोगकर्ताका लागि यो सुविधा ल्याएको हो ।

तपाईंले पनि कहिलेकाहिँ याद गर्नुभएको होला, केही प्रकाशक विशेषगरी मिडियाले कुनै समाचारको लिंक नदिएर पुरा समाचार नै आफ्नो पोस्टमा राखेको । यसले पाठकलाई कुनै लिंकमा क्लिक गरेर अर्को लिंकमा गएर समाचार पढ्नुपर्ने झन्झट भएन र प्रकाशकले पनि आफ्नो लेखमार्फत पैसा कमाउन सक्ने भए ।

यसले गर्दा प्रकाशकले आफ्न लेख सहजै विश्वभरका फेसबुक प्रयोगकर्तामाझ पुर्‍याउन सक्छन् ।

मेटाले गरेको एक अध्ययनअनुसार फेसबुकमा उपलब्ध मोबाइल वेब आर्टिकलको लिंकमा भन्दा इन्स्ट्यान्ट आर्टिकलमा २० प्रतिशत बढी क्लिक गरिन्छ ।

त्यस्तै इन्स्ट्यान्ट आर्टिकलमा क्लिक गरेका प्रयोगकर्तामध्ये ७० प्रतिशतले पुरै लेख पढेको पाइएको छ भने तीमध्ये ३० प्रतिशतले आर्टिकल शेयर गर्ने गर्छन् ।

यसर्थ कुनै पनि कम्पनी वा व्यवसायको लागि विज्ञापनभन्दा पनि इन्स्ट्यान्ट आर्टिकल बढी लाभदायक हुनसक्छ । तर फेसबुक इन्स्ट्यान्ट आर्टिकलबाट कसरी पैसा कमाइन्छ त ? यहाँ तल उल्लेख गरिएको छ । 

इन्स्ट्यान्ट आर्टिकल कसरी बनाउने ?

१. साइनअप गर्नुहोस्

इन्स्ट्यान्ट आर्टिकल बनाउन सबैभन्दा सुरुमा यो प्रोग्रामको लागि तपाईंले साइन अप गर्नुपर्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् । साइन अप गर्नका लागि तपाईंको पहिलेदेखि नै प्रयोगमा रहेको र तपाईं एडमिन अथवा इडिटर भएको फेसबुक पेज हुन जरुरी छ । यो लिंक ओपन गरेर ‘स्टार्ट अर्निङ’ मा क्लिक गर्नुहोस् । 

२. आफ्नो फेसबुक पेज छनौट गर्नुहोस् 

यो प्रोग्रामको लागि साइन अप गरिसकेपछि तपाईंलाई फेसबुक पेज छनौट गर्न दिइन्छ । त्यहाँ गएर आफ्नो फेसबुक पेज छनौट गर्नुहोस् । स्क्रिनको दाहिनेतिर ‘इन्स्ट्याट आर्टिकल’ भन्ने अप्सनको ‘सेटअप’ मा क्लिक गर्नुहोस् । 

३. डोमेन क्लेम गर्नुहोस् 

यो चरणमा पुगेपछि तपाईंले ‘प्रडक्सन आर्टिकल फर रिभ्यु’ अन्तर्गत चारवटा अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरेर आफूले प्रयोग गर्ने वेबसाइटको यूआरएल राख्नुहोस् ।

त्यहाँ रहेको यो ट्यागलाई <meta property=”fb:pages” content=”1916449461910360″ /> आफ्नो वेबसाइटको एचटीएमएलमा एड गरेर सब्मिट गरिदिनुहोस् । यदि तपाईं वर्डप्रेस प्रयोग गर्नुहुन्छ भने यहाँ क्लिक गरेर आफ्नो यूआरएल क्लेम गर्नुहोस् । 

४. आर्टिकल क्रियट गर्नुहोस्

यसपछि तपाईंले आफ्ना आर्टिकलहरू पोस्ट गर्न सक्नुहुन्छ । आफ्नो पेजको कन्टेन्ट म्यानेजमेन्ट सिस्टममार्फत तपाईंले सोझै आर्टिकल पोस्ट गर्न सक्नुहुन्छ । साथै आरएसएस अथवा एपीआई प्रयोग गरेर पेजमा आफ्नो ब्लग पनि लिंक गर्न सक्नुहुन्छ ।

५. डिजाइन गर्नुहोस् 

तपाईंले आफ्नो आर्टिकलको डिजाइन आफ्नो इच्छा अनुरूप उपलब्ध डिजाइनहरूमा कस्टमाइज गर्न सक्नुहुन्छ । आर्टिकलको तस्वीर, फन्ट साइज, फन्ट कलर लगायतमा परिवर्तनहरू गर्न सक्नुहुन्छ । 

६. ‘सब्मिट फर रिभ्यु’

यति गरिसकेपछि ‘सब्मिट फर रिभ्यु’ मा क्लिक गर्नुहोस् । मेटाले तपाईंको वेबसाइटमा भएका सबै आर्टिकलहरू ठीक छन् कि छैनन् भनेर भेरिफाई गर्नेछ । यसको लागि २४ देखि ४८ घण्टाको समय लाग्छ । 

७. इन्स्ट्यान्ट आर्टिकल मोनिटाइज गर्नुहोस् 

तपाईंले इन्स्ट्यान्ट आर्टिकलको सम्पूर्ण प्रक्रिया पुरा गरिसकेपछि आफ्नो आर्टिकल मोनिटाइज गर्न सक्नुहुन्छ ।

तपाईंको आफ्नो आर्टिकल मार्फत विज्ञापन सामग्री राख्न सक्नुभयो भने फेसबुकले तपाईंको शतप्रतिशत आम्दानी तपाईंलाई नै दिन्छ भने यदि तपाईंले फेसबुक अडियन्स नेटवर्क मार्फत विज्ञापन बेच्नु भएको छ भने तपाईंकाे आम्दानीको ३० प्रतिशतले फेसबुकले लिन्छ ।                       

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२