close

अब मोबाइल एपबाटै वर्ल्डलिङ्कको इन्टरनेट सम्बन्धी गुनासो टिपाउन सकिने

टेकपाना टेकपाना

माघ ५, २०७८ १६:१

अब मोबाइल एपबाटै वर्ल्डलिङ्कको इन्टरनेट सम्बन्धी गुनासो टिपाउन सकिने

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले मोबाइल एपबाटै ग्राहक सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो ग्राहक सेवालाई सुधार गर्ने उद्देश्य अनुरूप यो नयाँ सेवा ल्याएको हो ।

यसअघि कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर आफ्नो गुनासो टिपाउनुपर्ने बाध्यता रहेको थियो । तर अब भने कम्पनीको इन्टरनेट कनेक्सन सम्बन्धी कुनै पनि समस्या वर्ल्डलिङ्कको मोबाइल एपबाटै रिपोर्ट गर्न तथा टिपाउन सकिनेछ ।

एपबाट आएको गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

एन्ड्रोइड र आईओएस दुवै स्मार्टफोनका लागि कम्पनीको मोबाइल एप उपलब्ध छ । कम्पनीको ‘माई वर्ल्डलिङ्क एप’ डाउनलोड गर्नका लागि एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२