close

राष्ट्रिय परिचयपत्रका लागि ५४ लाख नेपालीको विवरण संकलन

टेकपाना टेकपाना

माघ ५, २०७८ १८:५८

राष्ट्रिय परिचयपत्रका लागि ५४ लाख नेपालीको विवरण संकलन

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रका ५४ लाखभन्दा बढी नेपालीको वैयक्तिक एवं जैविक विवरण संकलन गरेको छ । राष्ट्रिय परिचयपत्रका लागि अहिले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय र १९ वटा इलाका प्रशासन कार्यालयबाट अनलाइन विवरण प्रविष्ट (लाइभ इनरोलमेन्ट) गर्ने कार्य भइरहेको छ ।

२५ जिल्लामा वडास्तरबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सम्पन्न भइसकेको र १३ जिल्लामा विवरण संकलन अभियान समेत जारी रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म ५४ लाख २५ हजारभन्दा बढी नागरिकको वैयक्तिक तथा जैविक विवरण संकलन कार्य सम्पन्न भइसकेको छ ।

गत मंसिर १ गतेदेखि जारी भएको विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको र त्यसको आधारमा नागरिकको विवरण भिडाई यकिन गर्ने कार्य राष्ट्रिय परिचय सूचना प्रणालीबाट हुने गरी व्यवस्थापन गरिएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण प्रविष्ट नगरेको भए राहदानी बनाउन जाँदा आफ्नो जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयमा विवरण प्रविष्ट गरी राष्ट्रिय परिचय नम्बर प्राप्त गर्न विभागले अनुरोध गरेको छ ।

विद्युतीय राहदानीका लागि बाहिर जिल्लाबाट काठमाडौं आएका सेवाग्राहीका लागि विवरण प्रविष्ट गर्न उपत्यकका विभिन्न ठाउँसमेत तोकिएको विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि के के चाहिन्छ ?

– नेपाली नागरिकताको सक्कल प्रमाणपत्र

– नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र

– बसाइँसराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र

– विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल

– राहदानी लिएकाको हकमा सक्कल राहदानी (सकल संभव भएसम्म)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२