close

साओमी १२ को ग्लोबल मोडलमा ८ जीबी र्‍याम र स्न्यापड्रागन ८ जेन १ रहने

टेकपाना टेकपाना

माघ ६, २०७८ ११:१५

साओमी १२ को ग्लोबल मोडलमा ८ जीबी र्‍याम र स्न्यापड्रागन ८ जेन १ रहने

काठमाडौं । साओमीको पछिल्लो फ्ल्गाशिप मोडल साओमी १२ विश्वबजारमा कहिले उपलब्ध होला भनेर धेरैले पर्खिरहेका छन् । गत महिना कम्पनीले गृह बजार चीनमा साओमी १२ सिरिज सार्वजनिक गरेको थियो ।

अब चाँडै नै यसको ग्लोबल भर्सन सार्वजनिक हुने अपेक्षा गरिएको छ । हालै गिकबेन्चको अनलाइन डेटावेसमा साओमी १२ र साओमी १२ प्रो ग्लोबल मोडलको प्रोटोटाइप उपलब्ध भएकाे छ ।

जसअनुसार ग्लोबल साओमी १२ (मोडल नम्बर- २२०११२३जी) मा स्न्यापड्रागन ८ जेन १ का साथमा ८ जीबी र्‍याम रहनेछ ।

तर चिनियाँ संस्करणमा जस्तै यसमा थप १२ जीबी भर्चुअल र्‍याम अप्सन हुनेछ या छैन भन्ने विषयमा कुनै स्पष्ट छैन । साथमा यो फोन मियूआई १३ मा आधारित एन्ड्रोइड १२ मा चल्नेछ ।

त्यस्तै यसपटक ‘साओमी १२ प्रो’ को ग्लोबल भेरियन्ट पनि सार्वजनिक हुने भएको छ, जसको मोडल नम्बर २२०११२२जी रहेको छ । यसअघि पूर्ववर्ति ‘मि ११ प्रो’ चीनमा मात्रै उपलब्ध गराइएकाे थियो ।

पछिल्लो समयमा साओमीको ‘मि ११ सिरिज’ २०२० को डिसेम्बरमा चिनियाँ बजारमा सार्वजनिक हुँदा विश्वबजारमा २०२१ को फेब्रुअरी महिनामा उपलब्ध भएको थियो ।

यही कारण चाँडै नै कम्पनीले विश्वबजारमा साओमी १२ सिरिज विस्तार गर्नसक्ने छ । यस्तो भएमा यी माेडल नेपालमा पनि छिट्टै उपलब्ध हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२