close

त्रिविका परीक्षा स्थगित

टेकपाना टेकपाना

माघ ६, २०७८ १७:४

त्रिविका परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने तयारीमा रहेका परीक्षा अनिश्चतकालका लागि स्थगित भएको छ ।

बिहीवार एक सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालय बल्खुले यही माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हाल चलिरहेका परीक्षा स्थगित हुने जनाएको हो ।

कोरोनाको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रिवि परीक्षा सञ्चालक समितिको बैठकले त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय भएको साे सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२