close

ह्याकरले चोरे साढे तीन अर्बको क्रिप्टोकरेन्सी

टेकपाना टेकपाना

माघ ७, २०७८ ८:४५

ह्याकरले चोरे साढे तीन अर्बको क्रिप्टोकरेन्सी

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारको सुविधा दिने कम्पनी क्रिप्टो डट कममा जनबरी १७ मा भएको ह्याकबाट साढे तीन अर्ब बराबरको क्रिप्टोकरेन्सी चोरी भएको छ । कम्पनीले आफ्नो ब्लगमार्फत ह्याकले चार हजार आठ सय ३६ ईटीएच र चार सय ४३ वटा बिटक्वाइन लिएको जानकारी गराएको हो ।

यसबाट कम्पनीलाई ३० मिलियन डलर अर्थात् तीन अर्ब ५४ करोड रुपैयाँ बराबरको घाटा लागेको ब्लग पोस्टमा उल्लेख छ । 
कम्पनीले आफ्नो वेबसाइट ह्याक भए पनि पूर्ण जानकारी सार्वजनिक गरेको थिएन । कम्पनीले ह्याकबारे खुलस्त नपारेको भन्दै आलोचना भइरहेको थियो

कम्पनीले बिहीबार मात्रै ब्लग पोष्टमार्फत् ह्याकबारे जानकारी सार्वजनिक गरेको हो ।

ह्याकको क्रममा चारसय ८३ जना प्रयोगकर्ताको अकाउन्टमा ह्याकरले पहुँच पाएको कम्पनीले जनाएको छ । ह्याकबाट प्रभावित प्रयोगकर्तालाई कम्पनी आफैंले क्षतिपूर्ति उपलब्ध गराइसकेको ब्लग पोस्टमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२