close

सेलिब्रेटीले सेयर गर्ने सामग्री हेर्न पैसा तिर्नुपर्ने फिचर परीक्षण गर्दै इन्स्टाग्राम

टेकपाना टेकपाना

माघ ७, २०७८ ९:१३

सेलिब्रेटीले सेयर गर्ने सामग्री हेर्न पैसा तिर्नुपर्ने फिचर परीक्षण गर्दै इन्स्टाग्राम

काठमाडौं । इन्स्टाग्रामले सेलिब्रेटीले सेयर गर्ने सामग्री हेर्नको लागि प्रयोगकर्ताले पैसा तिर्नुपर्ने फिचर परीक्षण सुरु गरेको छ । अहिले यो अमेरिकाका सीमित प्रयोगकर्ता र सेलिब्रेटीमाझ् परीक्षण भइरहेको कम्पनीले जनाएको छ । चाँडै नै यो परीक्षणमा थप सेलिब्रेटीलाई समावेश गर्ने कम्पनीको योजना छ ।

यो फिचर अन्तर्गत सेलिब्रेटीका फ्यानले आफूलाई मनपर्ने सेलिब्रेटीका सामग्री हेर्नको लागि मासिक रुपमा शुल्क तिर्ने छन् । सेलिब्रेटीले सेयर गर्ने केही स्टोरिज र लाइभहरु शुल्क तिर्ने फ्यानको लागि मात्रै उपलब्ध हुनेछ ।

शुल्क तिरेर सब्स्क्राइब गर्ने प्रयोगकर्तालाई बैजनी (पर्पल) रङको ब्याच दिने इन्स्टाग्रामले जनाएको छ । सेलिब्रेटीले मासिक एक देखि १० डलरसम्म शुल्क लिने गरी शुल्क तय गर्न सक्नेछन् ।

सुरुवाति चरणमा अहिले १० जना अमेरिकी सेलिब्रेटीलाई समावेश गरिएको इन्स्टाग्रामले जनाएको छ । तत्कालको लागि बास्केटबल खेलाडी सेडोन प्रिन्स, ओलम्पियन जोर्डनस चाइल्स र खगोलशास्त्री एलिजा केलीलगायत सेलिब्रेटी परीक्षणमा सहभागी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२