close

टूजीमा छ सुरक्षा कमजोरी, यसरी गर्नुहोस् डिसेबल

टेकपाना टेकपाना

माघ ७, २०७८ १०:२९

टूजीमा छ सुरक्षा कमजोरी, यसरी गर्नुहोस् डिसेबल

काठमाडौं । मोबाइल इन्टरनेटको सुरुवातमा टूजीको योगदान उल्लेखनीय थियो । टूजी सुरुवातसँगै धेरै मोबाइल प्रयोगकर्ताहरूको इन्टरनेटमा पहुँच सहज भएको थियो । तर आजका दिनमा प्रविधि धेरै अघि बढिसकेको छ । विश्वमा फाइभजी सेवा सुरु भइसकेको छ भने केही देशहरू त सिक्सजीको परीक्षणको तयारी भइरहेको छ । अहिले टूजीको प्रयोग लगभग बन्द भइसकेको छ ।

टूजी डिसेबल गर्न किन आवश्यक छ ?
तपाईंलाई लाग्न सक्छ, लामो समयदेखि प्रयोग नभएको टूजीलाई किन डिसबेल गर्ने ? टूजीमा धेरै सुरक्षा कमजोरी भेटिएको छ । उदाहरणको लागि ह्याकरले सजिलै टूजीको फेक सेल टावर बनाएर डिभाइसमा कनेक्ट गर्नसक्छ र प्रयोगकर्ताको गतिविधिहरूलाई निगरानी गर्न सक्छन् ।
पछिल्लो समयमा सार्वजनिक भएका धेरै स्मार्टफोनहरू फोरजी अथवा फाइभजी मात्र सपोर्ट गर्ने गरी बनेका छन् । टूजी सपोर्ट गर्ने फोनमा भने कहिलेकाहीँ नेटवर्कको समस्याको कारण टूजीको नेटवर्कमा कनेक्ट हुन सक्छ । यस्तो बेलामा ह्याकरले नक्कली नेटवर्क बनाएर स्मार्टफोनमा आफ्नो पहुँच बनाउन सक्छ ।

तपाईं आफ्नो एन्ड्रोइडमा टूजी बन्द गर्न चाहनुहुन्छ भने गुगलले केही अघि सार्वजनिक गरेको एन्ड्रोइड १२ मा प्रयोगकर्ताको लागि यो सुविधा दिएको छ । यदि तपाईं एन्ड्रोइडको १२ भन्दा पुरानो भर्सन प्रयोग गर्नुहुन्छ भने तपाईंले टूजी डिसेबल गर्न सक्नु हुन्न ।

यसरी बन्द गर्नुहोस् टूजी
-सेटिङमा जानुहोस्
-नेटवर्क एण्ड इन्टरनेट अथवा कनेक्सन्स मा क्लिक गर्नुहोस्
-सिम अप्सनमा क्लिक गर्नुहोस्
-त्यसपछि अलाउ टुजी अप्सनलाई अफ गरिदिनुहोस्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२