close

गुगल पनि एआर हेडसेटको दौडमा, कस्तो होला फिचर ?

टेकपाना टेकपाना

माघ ७, २०७८ ११:०

गुगल पनि एआर हेडसेटको दौडमा, कस्तो होला फिचर ?

काठमाडौं । एआर र भीआर हार्डवेयरको दौडमा फेसबुकको मातृ कम्पनी मेटा अग्र पङ्क्तिमा देखिएको छ । योसँगै माइक्रोसफ्ट पनि आफ्नो होलोलेन्ससहित यो दौडमा सामेल छ । एप्पलले पनि एआर र भीआर हार्डवेयरको तयारी गरिएको छ । 

यो दौडमा अब गुगल पनि सामेल हुने भएको छ । गुगलले पनि कोड नाम आइरिस दिएर एआर हेडसेट निर्माणको तयारीमा जुटेको छ । गुगल स्रोतलाई उद्धृत गर्दै दी भर्जले लेखे अनुसार कम्पनीले सन् २०२४ मा बजारमा ल्याउने गरी एआर हेडसेटको तयारी गरेको हो ।

मेटा र एप्पलले बजारमा ल्याउन लागेको हेडसेटजस्तै गुगलले ल्याउने डिभाइसमा पनि भिडियो गेम खेल्नको लागि सहज हुने गरी क्यामेरा र कम्प्युटर ग्राफिक्स हुनेछ । यो हार्डवेयरमा गुगलको प्रोसेसर प्रयोग हुनेछ भने एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग हुनेछ । पिक्सेल स्मार्टफोनमार्फत हार्डवेयरमा हात हालेको गुगलले भीआर हेडसेट निर्माणको लागि पनि पिक्सेलमा काम गरिरहेका केही कर्मचारीलाई खटाएको बताइएको छ । 

गुगलले गुगल ग्लास नामक प्रोजेक्टमा सन् २०१२ देखि काम गरेको थियो भने भीआर हेडसेटमा पनि यसअघि नै संलग्न भएको थियो । तर, परियोजना असफल भएपछि गुगलले पिक्सेल स्मार्टफोन बाहेकका हार्डवेयर व्यापारलाई गुपचुप राखिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२