close

नेटफ्लिक्स र अमेजन प्राइमलाई चुनौति दिन खोलिएको युट्युब ओरिजिनल्स आफैँ बन्द हुँदै

टेकपाना टेकपाना

माघ ७, २०७८ १३:२५

नेटफ्लिक्स र अमेजन प्राइमलाई चुनौति दिन खोलिएको युट्युब ओरिजिनल्स आफैँ बन्द हुँदै

काठमाडौं । आफ्नै भिडिओहरू उत्पादन गर्ने योजना सहित सन् २०१६ मा गुगलले सुरु गरेको युट्युब ओरिजिनल्स अब बन्द हुने भएको छ । कम्पनीका चिफ बिजनेस अफिसर रोबर्ट किन्सलले आफ्नो ट्वीट मार्फत युट्युब ओरिजिनल्स अब बन्द हुने जानकारी दिएका हुन् ।

त्यस्तै, युट्युब ओरिजिनलस्का प्रमुख सुज्यान डेनियल्सले मार्चबाट काम छोड्ने पनि उनले बताएका छन् । युट्युब ओरिजिनलस् नेटफ्लिक्स तथा अन्य स्ट्रिमिङ प्लेटफर्मको लागि चुनौती बन्ने अनुमान गरिएको थियो ।

पैसा तिरेर कार्यक्रमहरू हेर्नुपर्ने यो मोडेल बन्द गर्ने संकेत कम्पनीले सन् २०१९ मै दिइसकेको थियो । किन्नसलले युट्युब ओरिजिनल्स मार्फत करिब २० लाख क्रियटरहरूले भिडिओ बनाएको र यसमा कम्पनीले क्रियटर, कलाकार र मिडिया कम्पनीहरूलाई करिब ३० अर्ब डलर भन्दा बढी रकम तिरेको बताएका छन् ।

अब भने कम्पनीले ब्ल्याक भोइस, बालबालिकाको कार्यक्रम, लाइभ सपिङ प्रोग्राम लगायत केही सीमित कार्यक्रमहरूको लागि मात्र लगानी गर्ने उनले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२