close

अब ट्वीटर प्रोफाइलमा एनएफटी राखेर दुनियाँलाई देखाउन पाइने

टेकपाना टेकपाना

माघ ७, २०७८ १६:५९

अब ट्वीटर प्रोफाइलमा एनएफटी राखेर दुनियाँलाई देखाउन पाइने

काठमाडौं । अब ट्वीटर प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा नन-फन्जिबल टोकन अर्थात एनएफटी राख्न सक्ने भएका छन् । ट्वीटरको ब्लु सब्सक्रिप्सन लिएका प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा एनएफटी राख्न सक्ने फिचर परीक्षण भइरहेको छ ।

‘ल्याब्स’ नाम दिइएको यो फिचर अन्तर्गत ब्लु सब्सक्रिप्सन भएका प्रयोगकर्ताले आफ्नो प्रोफाइल फोटोमा पैसा तिरेर एनएफटी प्रयोग गर्न सक्नेछन् । यसको लागि प्रयोगकर्ताले आफ्नो क्रिप्टो वालेटलाई आफ्नो ट्वीटर अकाउन्टसँग लिङ्क गरेर प्रोफाइल फोटोमा आफ्नो एनएफटी प्रयोग गर्न पाउनेछन् ।

प्रयोगकर्ताले खरिद गरेर प्रोफाइलमा राखेको एनएफटी सो प्रयोगकर्ताको मात्र हो भनेर जनाउनको लागि कम्पनीले सो फोटोमा छुट्टै निलो आइकन पनि उपलब्ध गराउनेछ ।

ब्लु सब्सक्रिप्सन भएको प्रयोगकर्ताले मात्र एनएफटी प्रयोग गर्न पाउनेछन् भने सो एनएफटी प्रयोग भएको प्रोफाइल सबै प्रकारले प्रयोगकर्ताले हेर्न मिल्नेछ । हाल कम्पनीले ब्लु सब्सक्रिप्सनको शुल्क प्रति महिना तीन डलर अर्थात आजको मितिमा ३५८ रुपैयाँ तोकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२