close

प्रत्येक वर्ष किन बढ्दैछ नेटफ्लिक्स सब्सक्रिप्सनको मूल्य ?

टेकपाना टेकपाना

माघ ७, २०७८ १७:३९

प्रत्येक वर्ष किन बढ्दैछ नेटफ्लिक्स सब्सक्रिप्सनको मूल्य ?

काठमाडौं । हरेक वर्ष नेटफ्लिक्सले आफ्नो स्ट्रिमिङ प्याकेजको मूल्य वृद्धि गर्दै गइरहेको छ । गत हप्ता मात्रै पनि नेटफ्लिक्सले आफ्नो स्ट्रिमिङको मूल्य बढाएको छ । छिट्टै नै आफ्ना ग्राहकलाई नयाँ मूल्य लागू हुने कम्पनीले बताएको छ ।

पछिल्लो पटक धेरै बढेकोमूल्य भनेको प्रति महिना २० अमेरिकी डलर (करिब २४०० रुपैँया) को सब्सक्रिप्सन हो । यससँगै सन् २०१९ यता नेटफ्लिक्सले तेस्रो पटक आफ्नो मूल्य बढाएको छ । 

यद्यपि एकैपटक चार ओटा वा सो भन्दा बढी स्ट्रिमिङ प्लेटफर्म सब्सक्राइब गर्ने प्रयोगकर्ताको लागि भने यो कुनै ठूलो रकम नहुन सक्छ । केही प्रयोगकर्तालाई भने यो मूल्यवृद्धिले प्रभाव पार्न सक्छ ।

तर यो मूल्यवृद्धि भने अझै बढ्ने अनुमान रहेको हुदाँ प्रयोगकर्ताले त्यसको लागि तयार रहन आवश्यक छ । पछिल्लो समयमा नेटफ्लिक्सले आफ्ना कन्टेन्टहरूमा लगानी बढाएको कारण मूल्य वृद्धि भइरहेको समीक्षकहरूको भनाई छ ।

यस्तोमा कम्पनीले गर्न सक्ने दुई ओटा कुरा छन्; पहिलो सब्सक्राइबरको संख्या बढाउने र दोस्रो विद्यमान सब्सक्राइबरबाट बढी पैसा उठाउने । त्यसैले यो मूल्यवृद्धि उचित भएको केही समीक्षकहरूको तर्क छ । 

हाल नेटफ्लिक्सले विभिन्न नयाँ कार्यक्रमहरू सार्वजनिक गरिरहेको छ । जसका लागि उसलाई पैसाको आवश्यकता परिरहेको छ । ओरिजिनल प्रोग्रामिङ अर्थात आफ्नो मौलिक कार्यक्रमको नाममा पछिल्लो समयमा स्ट्रिमिङ प्लेटफर्महरूले ठूलो रकम लगानी गरिरहेका छन् ।

एम्पेयर एनालाइसिस नामक एक संस्थाले गरेको प्रक्षेपण अनुसार स्ट्रिमिङ प्लेटफर्महरूले मौलिक कार्यक्रमको नाममा सन् २०२२ मा २३० अर्ब डलर भन्दा पनि बढी रकम खर्च गर्ने अनुमान छ । 

सो रिपोर्टमा यसरी धेरै लगानी गर्ने स्ट्रिमिङ प्लेटफर्मको सूचीमा नेटफ्लिक्स तेस्रो नम्बरमा छ । स्ट्रिमिङ प्लेटफर्महरूले विद्यमान सब्सक्राइबर टिकाई राख्न मात्र होइन नभएर नयाँ सब्सक्राइबर बढाउने विश्वासका साथ आफ्नो छुट्टै कार्यक्रमहरूमा यसरी गरिरहेको लगानी गरिरहेका छन्  ।

र हरेक वर्ष बढ्दै गइरहेको नेटफ्लिक्सको सब्सक्राइबर सङ्ख्याले पनि यो रणनीतिले काम गरिरहेको प्रमाण दिन्छ । हालै मात्र नेटफ्लिक्सको सब्सक्राइबर सङ्ख्या २० करोड पुगेको छ । 

यति हुदाहुँदै पनि कम्पनीले मूल्य बढाउनुको अर्को कारण हो आम्दानी । किनभने समग्रमा हेर्दा नेटफ्लिक्सको सब्सक्राइबर वृद्धि भइरहेको देखिए पनि त्रैमासिक रिपोर्ट हेर्ने हो भने यो वृद्धि सोचे जत्तिको उल्लेखनीय भने देखिँदैन ।

आफ्नो कन्टेन्टमा अर्बौं डलर खर्च गरेर पनि नेटफ्लिक्सलाई अझै डिज्नी प्लस तथा एचबीओ म्याक्स जस्ता प्रतिस्पर्धीहरूबाट चुनौती नै छ । यसरी सब्सक्राइबरको वृद्धि सुस्त हुदाँ आम्दानी भने बढ्ने कुरामा पनि लगानीकर्ताहरू चिन्तित छन् ।

कन्टेन्टमा लागानी थप गर्नको लागि नेटफ्लिक्सले आफ्नो आम्दानी पनि वृद्धि गर्नुपर्ने चुनौति छ । त्यसमाथि कम्पनीको ऋणको भार छुट्टै छ । 

यस्तोमा सब्सक्राइबरलाई थोरै थोरै मूल्य बढाएर पैसा उठाउँछु भनेर सोच्नु नेटफ्लिक्सका लागि दीर्घकालिन सामाधान नहुन पनि सक्छ । किनभने सबै सब्सक्राइबरका लागि यो मूल्यवृद्धि अर्थपूर्ण नहुन सक्छ ।

यदि कसैलाई कुनै कार्यक्रम मन पर्दैन भने उसले बढी पैसा तिरेर सो स्ट्रिमिङ हेर्दैन । यद्यपि नेटफ्लिक्सले थप मूल्यवृद्धि गराउने कुरामा भन्ने ढुक्क भए हुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२