२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

मोबाइलमा कत्तिको बर्बाद हुन्छ तपाईँको समय ? यसरी तोक्नुहोस् हरेक एपको समय सीमा

काठमाडौं । दैनिक रुपमा फोनमा तपाईँले कति समय बिताउनु हुन्छ  कहिल्यै  सोच्नुभएको छ ? वास्तवमा फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जाल एप चलाउदा घन्टौँ बितेको पत्तै हुँदैन । 

तपाईँले  चलाउने यस्ता एपमा तपाईँको दैनिक कति समय खर्च भइरहेको छ भन्ने बारेमा आज हामी चर्चा गर्दैछौँ । स्मार्टफोनमा सहजै आफूले दैनिक रुपमा बिताउने समय थाहा पाउन सक्नुहुन्छ ।

साथै कुनै पनि एप कति  समय चलाउने भनेर सिमा निर्धारण गर्न पनि सक्नुहुन्छ।  

फोनमा आफूले बिताएको समय थाहा पाउने कसरी ?

  1. सुरुमा मोबाइलको सेटिङमा जानुहोस् ।
  1. त्यसपछि ‘डिजिटल वेलबिङ’ (Digital Wellbeing) मा जानुहोस् ।  
  1. त्यसमा तपाईँले आफूले दैनिक रुपमा फोनमा बिताएको समय देख्न सक्नुहुन्छ।

 साथै एप अनुसार आफूले फोनमा खर्च गरेको समय हेर्न सकिने सुविधा समेत त्यसमा रहेको हुन्छ ।  

त्यहाँ रहेको ड्याशबोर्ड (Dashboard) मा गएर बिगत एक हप्ता सम्मको आफ्नो फोनमा बिताएको समय पनि हेर्न सकिन्छ ।  

एपको समय सीमा निर्धारण गर्न सम्बन्धित एपको छेउमा रहेको तलतर्फ फर्किएको एरो बटन (down arrow) मा थिचेर समय तय गर्न सक्नुहुन्छ।  

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team