close

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै रूस

टेकपाना टेकपाना

माघ ७, २०७८ १९:२९

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउँदै रूस

काठमाडौं । रुसको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको प्रयोगमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ । वित्तीय स्थिरता, नागरिक कल्याण र मौद्रिक नीतिमा खतरा निम्तिन सक्ने उदृत गर्दै बैंकले बिहीबार उक्त प्रस्ताव राखेको हो ।

विश्वव्यापी क्रिप्टोकरेन्सी क्र्याकडाउनमा यो पहिलो कदम हो । निजी रुपमा सञ्चालित डिजिटल मुद्राले वित्तीय र मौद्रिक प्रणालीमा सरकारको नियन्त्रणलाई नै कमजोर पार्नसक्छ ।

यस विषयमा एसियादेखि संयुक्त राज्य अमेरिकासम्मका सरकार नै चिन्तित देखिन्छन् । सम्पती शुद्धिकरण र आतङ्कवादमा प्रयोग हुन सक्ने भन्दै रसियाले वर्षौंदेखि क्रिप्टोकरेन्सीको विरोध गर्दै आएको छ ।

अन्ततः सन् २०२० मा क्रिप्टोकरेन्सीले कानूनी मान्यता प्राप्त दिइयो तर भुक्तानी रुपमा प्रयोग गर्न भने प्रतिबन्ध लगाइयो । बिहीबार प्रकाशित एक प्रतिवेदनमा केन्द्रिय बैंकले सट्टा मागका कारण क्रिप्टोकरेन्सीको वृद्धि द्रुत भएको उल्लेख छ ।

साथै वित्तीय स्थायीत्व र नागरिकको कल्याणमा समेत जोखिम रहेको उल्लेख छ । बैंकले वित्तीय संस्थाहरूलाई क्रिप्टोकरेन्सी सम्बन्धी कुनै पनि कार्य सञ्चालन गर्नबाट रोक्नुपर्ने प्रस्ताव समेत गरेको छ ।

साथै फिएट मुद्राको लागि क्रिप्टोकरेन्सी किन्ने वा बिक्री गर्ने उद्देश्यका साथ हुने लेनदेन रोक्न आवश्यक संयन्त्रहरू विकास गर्न सुझाइएको छ । प्रस्तावित प्रतिबन्धमा समावेश क्रिप्टो एक्सचेन्ज बिनान्सले आफूहरू नियामकसँग काम गर्न प्रतिबद्ध रहेको बताएको छ । साथै रूसी क्रिप्टो प्रयोगकर्ताको हितको रक्षा गर्न केन्द्रिय बैंकसँग सम्वाद सुरु गर्ने जानकारी दिएको छ ।

‘क्रिप्टोकरन्सीको स्वामित्वमा प्रतिबन्धको परिकल्पना भने गरिएको छैन,’ केन्द्रिय बैंकको वित्तीय स्थिरता विभागकी प्रमुख एलिजाभेटा ड्यानिलोभाले भनेकी छन् । सक्रिय रुसी क्रिप्टोकरेन्सी प्रयोगकर्ताको वार्षिक कारोबार रकम लगभग ५ अर्ब अमेरिकी डलर रहेको बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२