close

घरमा १०-१४ वर्षसम्मका नानीहरू छन् ? अनलाइनमै यसरी सिकाउनुहोस् आधारभूत कोडिङ

टेकपाना टेकपाना

माघ ७, २०७८ २१:१७

घरमा १०-१४ वर्षसम्मका नानीहरू छन् ? अनलाइनमै यसरी सिकाउनुहोस् आधारभूत कोडिङ

काठमाडौं । अहिले कोरोना महामारीको तेस्रो लहरको समयमा सबै जस्तो विद्यालय बन्द छन् । यस्तोमा दिनभर बालबालिका घरैमा हुने भए । साथसाथै यतिखेर जाडो बिदाको समय पनि छ ।

नानीहरूको यो फुर्सदको समयमा तपाईँले अनलाइनमा उपयोगी तालिममा सहभागी गराउन सक्नुहुनेछ । स्मार्ट चेली नामक संस्थाले १० देखि १४ वर्ष उमेर समूहका नानीहरूलाई आधारभूत कोडिङ सिकाउँदैछ ।

दुई हप्ता लामो यो कार्यक्रमलाई ‘मेरो कम्प्युटर प्रोग्राम’ नाम दिइएको छ । जहाँ तपाईँका कलिला छोरीहरूले आधारभूत कोडिङको अवधारणा, एल्गोरिदम डेभलपमेन्ट, कम्प्युटेसनल थिङ्किङ र गेम डेभलपमेन्ट जस्ता सीपहरू सिक्न पाउनेछन् ।

यही २८ जनवरीदेखि सुरु हुने यो तालिम कार्यक्रममा हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म अनलाइनबाट पढाइनेछ । यदि तपाईँ पनि आफ्ना छोरीहरूलाई यस किसिमको आधारभूत सीप सिकाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिस्ट्रेसन गर्न सक्नुहुनेछ ।  ​​​​​​​

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२