close

ग्राहकलाई डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क वितरण गर्दै वर्ल्डलिङ्क

टेकपाना टेकपाना

माघ ८, २०७८ ९:५६

ग्राहकलाई डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क वितरण गर्दै वर्ल्डलिङ्क

काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क वितरण गर्ने भएको छ ।

कम्पनीले सिंगल ब्यान्ड राउटर प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रुपमा डुअल ब्यान्ड राउटर प्रदान गर्न लागेको हो । यसअन्तर्गत कुनै अतिरिक्त शुल्क बिनै ग्राहकले आफ्नो नजिकको वर्ल्डलिङ्क कार्यालयबाट डुअल ब्यान्ड राउटर प्राप्त गर्न सक्नेछन् ।

यद्यपि यो सुविधा वर्ल्डलिंकका सबै ग्राहकले पाउने छैनन् । कम्पनीले दिएको जानकारी अनुसार डुअल ब्यान्ड फाइभजी राउटर निःशुल्क अपग्रेडका लागि मोबाइलमा एसएमएस पाएका ग्राहकले मात्र यो सुविधा पाउनेछन् ।

नोकियाको यो डुअल ब्याण्ड राउटरले दुईवटा सिग्नल फाल्न सक्छ, जसमा एउटा ५ गिगाहर्ज र अर्को २.४ गिगाहर्जको फ्रिक्वेन्सी ब्याण्ड सपोर्ट गर्दछ ।

डुअल ब्याण्डको यो राउटर लिने ग्राहकले नजिक हुँदा ५ गिगाहर्जमा वाईफाई चलाउन सक्ने र टाढा हुँदा २.४ गिगाहर्ज ब्याण्डमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीले पछिल्लाे समय वायरलेस पावर लेभल बढाउन न्यूनतम इन्टरनेट स्पिड १५० एमबीपीएस पुर्‍याएको छ भने फाइभ गिगाहर्ज सहितको डुअल ब्यान्ड राउटर र मेश वाई-फाई सिस्टम वितरण थालेको छ ।

त्यस्तै अप्टिकल पावर लेभल सुधार गर्न पुराना अप्टिकल फाइबर नै परिवर्तन गर्ने अभियान पनि कम्पनीले सुरू गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२