close

पोखरा विश्वविद्यालयको लापरबाही, आधिकारिक वेबसाइटबाटै फैलाइयो भ्रामक सूचना

टेकपाना टेकपाना

माघ ८, २०७८ ११:५८

पोखरा विश्वविद्यालयको लापरबाही, आधिकारिक वेबसाइटबाटै फैलाइयो भ्रामक सूचना

काठमाडौं । शुक्रवार पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको नाममा एउटा सूचना प्रकाशित भयो । विश्वविद्यालयको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालबाट सो सूचना शेयर भएपछि सबैले पत्याए ।

सूचनामा फागुनदेखि भौतिक रुपमा परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको योजना रहेकाले जनस्वास्थ्य मापदण्ड अपनाई कलेजलाई आन्तरिक परीक्षा सञ्चालन गर्न/गराउन भनिएको थियो ।

तर शनिवार पुनः परीक्षा नियन्त्रण कार्यालयको नाममा अर्को सूचना जारी भयो । जहाँ पोखरा विश्वविद्यालयको लेटरहेड र छापको दुरूपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना फैलाएको र सो सूचनाबाट भ्रमित नहुन आग्रह गरिएको छ ।

दुई दिनमा फरक दुई सूचना आधिकारिक वेबसाइटमै आएपछि विश्वविद्यायलको नियत र प्राविधिक संयन्त्रमाथि नै प्रश्न उठेको भन्दै विद्यार्थी र सरोकारवालाले आक्रोश व्यक्त गरेका छन् ।

शुक्रबार आधिकारिक वेबसाइटमै प्रकाशित सूचनामा चलानी नम्बर भने उल्लेख थिएन । तर कलेजहरूका लागि विश्वविद्यालयको नामबाट तयार पारिएकाे पत्रमा भने चलानी नम्बर उल्लेख भएकाे पाइएकाे छ ।

यसबाट लेटरप्याड र छापमात्र नभई वेबसाइट नै दुरुपयोग भएको आशंका गरिएकाे छ ।

शुक्रबार पीयूको वेबसाइटमा अपलोड गरिएको सूचना

Examination-Notice

शनिबार प्रकाशित नयाँ सूचना

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२