close

आईओएस र एन्ड्रोइडबीच अब ह्वाटसएप च्याट ट्रान्सफर गर्न सकिने

टेकपाना टेकपाना

माघ ८, २०७८ १३:१८

आईओएस र एन्ड्रोइडबीच अब ह्वाटसएप च्याट ट्रान्सफर गर्न सकिने

काठमाडौं । फोन परिवर्तन गर्ने बेलामा हामीले प्रयोग गरिरहेको म्यासेजिङ एपका च्याट पनि सार्न पाए हुन्थ्यो भन्ने पक्कै पनि लाग्छ ।

एउटै ओएस भएको फोनमा खासै समस्या नभए पनि एन्ड्रोइडबाट आईओएसमा अथवा आईओएसबाट एन्ड्रोइडमा ट्रान्सफर हुनेबेलामा च्याट मुभ नहुदाँ समस्या हुने गरेको छ ।

अब भने यो समस्यालाई सामाधान गर्न ह्वाट्सएपले काम गरिरहेको छ । ह्वाट्सएपका डेभलपरहरूले एन्ड्रोइड र आईओएसबीच च्याट हिस्ट्री सार्न मिल्ने फिचर विकास गर्न काम गरिरहेका छन् ।

अहिले केही आईओएस डिभाइसमा ह्वाट्सएपको यो फिचरको बेटा भर्सन आएको छ । सो बेटा भर्सनलाई आधार मान्ने हो भने यो प्रक्रिया सोचे जति सजिलो चाहिँ छैन ।

यसका लागि प्रयोगकर्ताले छुट्टै एप इन्स्टल गर्नुपर्ने हुन्छ र च्याट सार्ने समय पनि कुनै केबलबाट डेटा सार्दा वा वाई-फाई कनेक्सनबाट डेटा सार्दा लाग्ने समय जत्तिकै समय लाग्नेछ ।

यसले गर्दा यो फिचर त्यति उपयुक्त नहुने पनि अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२