close

युरोपेली आयोगको बग बाउन्टी कार्यक्रम, सुरक्षा कमजोरी पत्ता लगाए ७ लाखसम्म कमाउन सकिने

टेकपाना टेकपाना

माघ ८, २०७८ १५:१३

युरोपेली आयोगको बग बाउन्टी कार्यक्रम, सुरक्षा कमजोरी पत्ता लगाए ७ लाखसम्म कमाउन सकिने

काठमाडौं । युरोपेली आयोग (युरोपियन कमिसन) ले आफ्नो ओपन सोर्स प्रोजेक्टका लागि बग बाउन्टी कार्यक्रमको घोषणा गरेको छ ।

यस कार्यक्रम अन्तर्गत आयोगले प्रयोग गरिरहेका विभिन्न ओपन सोर्स सफ्टवेयरमा भएका सुरक्षा कमजोरी पत्ता लगाउने बग हन्टरहरूले पाँच हजार युरो (छ लाख ७५ हजार रुपैयाँ) सम्मको बग बाउन्टी प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै पत्ता लागेको कमजोरी समाधान गर्न सकेमा बग हन्टरले थप २० प्रतिशत रकम प्राप्त गर्नसक्ने आयोगले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै आयोगले बग हन्टरलाई लिक भएको व्यक्तिगत डेटा लगायतका विषयमा भएका कमजोरी पत्ता लगाउन आह्वान गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२