close

मोबाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने व्यवसायीको चेतावनी

टेकपाना टेकपाना

माघ ८, २०७८ १६:३२

मोबाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने व्यवसायीको चेतावनी

काठमाडौं । कैलालीको एक पसलबाट प्रहरीले मोबाइल चोरेको घटनाप्रति नेपाल मोबाइल व्यवसायी महासंघले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

दिनानुदिन चोरी जस्तो आपराधिक घटना बढिरहँदा सरकारको विश्वासिलो अंगका लागि खटाइएको प्रहरीले नै अविश्वासिलो तरिकाले मोबाइल चोरी गरेको भन्दै यस्तो क्रियाकलापबाट व्यवसायी थप असुरक्षित रहेको महासंघले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै महासंघले घटनामा संलग्न प्रहरीको कारबाहीमा लापरबाही तथा फितलोपन देखिएमा महासंघले बाध्य भई कडाभन्दा कडा कदम चाल्ने चेतावनी दिएको छ ।

बिहीवार राति धनगढी उपमहानगरपालिका-२, ट्राफिक चोकस्थित ग्लोबल मोबाइल ग्यालरीबाट प्रहरीले मोबाइल चोरेको फुटेज सीसी क्यामेरामा रेकर्ड भएको थियाे ।

भिडिओसहित निवेदन परेपछि घटनामा संलग्न प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतसिंह बुडाललाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीण विष्टले जानकारी दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२