close

फेसबुक अकाउन्ट ह्याक हुँदा यसरी सजिलै गर्नुहोस् रिकभर

टेकपाना टेकपाना

माघ ८, २०७८ १७:१०

फेसबुक अकाउन्ट ह्याक हुँदा यसरी सजिलै गर्नुहोस् रिकभर

काठमाडौं । आजको दिनमा फेसबुक एक अर्बभन्दा बढी प्रयोगकर्ता भएको लोकप्रिय सामाजिक सञ्जाल हो । व्यक्तिगत सञ्चारका लागि मात्र होइन, व्यापार व्यावसाय, रोजगारी लगायत व्यावसायिक कामका लागि पनि यो फेसबुक उत्तिकै प्रभावकारी छ ।

यद्यपि जति धेरै प्रयोग, त्यति नै धेरै जोखिम छन् । कहिलेकाहिँ सावधानी अपनाउँदा अपनाउदै पनि प्रयोगकर्ताको फेसबुक ह्याक हुनसक्छ । पछिल्लो समयमा त झन् फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गर्ने गतिविधि बढ्दै गइरहेको छ ।

आज हामी तपाईंलाई फेसबुक ह्याक हुँदा अथवा अन्य कारणले तपाईंले आफ्नो अकाउन्टमा आफ्नो एक्सेस गुमाउँदा आफैले सजिलै रिकभर गर्न सकिने उपाय बताउँदै छौं । 

१. पासवर्ड बिर्सदा 

– फेसबुक लगइन गर्ने पेजमा आफ्नो ईमेल आईडी अथवा फोन नम्बर राख्नुहोस् ।

– लगइन गर्ने बक्स तल रहेको ‘फर्गट पासवर्ड’ अप्सनमा क्लिक गर्नुहोस् ।

– यसपछि प्रयोगकर्ताले रजिष्टर गरेको ईमेल आईडीमा पासवर्ड परिवर्तन गर्ने लिंक आउँछ । सो लिंकमा क्लिक गर्नहोस् ।

– नयाँ पासवर्ड क्रियट गर्नुहोस् र अकाउन्टमा पुनः लगईन गर्नुहोस् ।

२. लगईन ईमेल बिर्सदा

यो लिंकमा क्लिक गर्नुहोस् ।

– फाइन्ड योर अकाउन्टमा गएर आफूले राखेको वैकल्पिक ईमेल अथवा फोन नम्बर राख्नुहोस् ।

– फेसबुकले एउटा कोड पठाउँछ एसएमएस अथवा ईमेलमा । सोको आधारमा नयाँ ईमेल अथवा पासवर्ड राख्नुहोस् र पुनः लगईन गर्नुहोस् । 

३. अस्वभाविक गतिविधि (unwanted activity) देखा परेमा 

कहिलेकाहिँ आफैंले फेसबुक चलाइरहँदा आफूले गर्दै नगरेको गतिविधि पनि त्यहाँ भइरहेको हुन्छ । यसको अर्थ हो तपाईंको फेसबुकमा अरु कसैको पहुँच छ । यस्तो बेलामा आफ्नो अकाउन्ट रिकभर गर्नको लागि:

– Settings and Privacy मा गएर Settings मा क्लिक गर्नुहोस् ।

– सेक्युरिटी एण्ड लगईनमा क्लिक गर्नुहोस् (यहाँ तपाईंको फेसबुक तपाईं बाहेक अरु कसले हेरिरहेको छ भन्ने जानकारी पाउन सक्नुहुन्छ) ।

– सि मोर अप्सनमा क्लिक गर्नुहोस् र ‘लगआउट अफ अल सेसन्स’ मा क्लिक गर्नुहोस् । यसले गर्दा तपाईंको अकाउन्ट सबै डिभाइसमा लगआउट हुन्छ ।

– पासवर्ड परिवर्तन गरेर पुनः लगईन गर्नुहोस् 

४. अकाउन्ट ह्याक हुँदा   

यो लिंकमा क्लिक गर्नुहोस् ।

– रिपोर्ट कम्प्रोमाइज्ड अकाउन्ट बक्स अन्तर्गत ‘My Account Is Compromised’ अप्सनमा क्लिक गर्नुहोस् ।

– आफ्नो ईमेल अथवा फोन नम्बर राख्नुहोस् ।

– पासवर्ड राख्नुहोस् ।

– यसपछि फेसबुकले तपाईंको परिचय खुलाउने विभिन्न डकुमेन्ट माग गर्दछ । सो अनुसार आफ्ना डकुमेन्ट पेश गर्नुहोस् । यसपछि निश्चित समयभित्र फेसबुकले अकाउन्ट भेरिफाई गरेर तपाईंको अकाउन्ट रिकभर गरी पहुँच दिनेछ ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२