२०७९, ८ जेष्ठ आइतबार   |  
Sunday 22nd May 2022

जब प्रयोगकर्ता बेहोस हुँदा एप्पल वाचले एम्बुलेन्स बोलायो

काठमाडौं । अमेरिकामा एक व्यक्तिको ज्यान एप्पल वाचले जोगाएको छ । जो प्ल्म्ब नामका ती व्यक्ति फ्याटल हाईपोग्लिसेमिक अट्याक (मधुमेहका कारण बेहोस) हुँदा वाचले प्यारामेडिक्स (स्वास्थकर्मी) लाई जानकारी गराएपछि समयमै उपचार पाएका छन् ।

९ वर्षको उमेरदेखि मधुमह रोगबाट ग्रसित ती व्यक्ति गत नोभेम्बरमा मधुमेहका कारण अचेत भएका थिए । सोही समयमा उनको एप्पल वाचले प्यारामेटिक्सहरूलाई अचेत भएको सन्देश पठाएको थियो ।

सो सन्देशको आधारमा स्वास्थ्यकर्मीहरू आएर उनको उपचार गरेका थिए । यदि सो उपचार समयमै नपाएको भए आफू कोमामा जानसक्ने वा त्योभन्दा नराम्रो स्थिति हुनसक्ने उनले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

यो अगाडि पनि उनी धेरै पल्ट बेहोस भइसकेका थिए । उनी एक्लै बस्ने र आफ्नो राेगका कारण पनि उनले एप्पल वाच प्रयोग गर्ने निर्णय गरेका थिए ।

उनले वाचमा उपलब्ध इन-ब्युल्ट ‘फल डिटेक्शन’ फिचर इनेबल गरेका थिए । यस फिचर अन्तर्गत यदि प्रयोगकर्ता अचेत भयो भने वाचले ठूलो आवाजमा अलार्म बजाउँछ । त्यति गर्दा पनि प्रयोगकर्ता र नजिकका व्यक्तिबाट कुनै प्रतिक्रिया भएन भने वाचमा सेट गरिएका सम्पर्क नम्बरमा वाचले आकस्मिक सहयोगको लागि सन्देश पठाउँछ ।  

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team