close

अब रकेट सामान ढुवानीमा प्रयोग हुने, एलन मस्कको कम्पनी स्पेसएक्सले पायो जिम्मेवारी

टेकपाना टेकपाना

माघ ९, २०७८ १९:११

अब रकेट सामान ढुवानीमा प्रयोग हुने, एलन मस्कको कम्पनी स्पेसएक्सले पायो जिम्मेवारी

काठमाडौं । अमेरिकी हवाई सेनाले मिलिटरी सामग्री र विभिन्न सहायता सामग्री रकेटमार्फत ढुवानी गर्ने भएको छ । यसको लागि एलन मस्कको कम्पनी स्पेसएक्सको रकेट उपयोग गर्ने तयारी छ ।

अमेरिकाको रक्षा मन्त्रालयले स्पेस एक्ससँग यसका लागि १० करोड २० लाख अमेरिकी डलर बराबरको सम्झौता गरेको छ । स्पेश एक्सको रकेटमार्फत विभिन्न कार्गो सेवा दिनको लागि यो सम्झौता गरिएको हो ।

अमेरिकी हवाई सेनाको रकेट कार्गो कार्यक्रमलाई अघि बढाउन स्पेसएक्स र अमेरिकी रक्षा मन्त्रालयले शुक्रबार सम्झौता गरेका हुन् । पृथ्वीका जुनसुकै कुनामा पनि विभिन्न सामान वा राहत सामग्री पुर्‍याउने उद्देश्यले यो सम्झौता गरिएको हो ।

स्पेस एक्सको कुन रकेट यसको लागि प्रयोग हुनेछ भनेर सम्झौतामा खुलाइको भने छैन । यसअघि स्पेस एक्सले फाल्कोन नाइन रकेट र फाल्कोन हेभीलाई सैनिक प्रयोजनको लागि उपयोग गरेको थियो ।

स्पेसएक्सले तयार पारेको स्टारशिप रकेटलाई चन्द्रमामा लैजानको लागि अमेरिकाको अन्तरिक्ष अनुसन्धान निकाय नासाले सम्झौता गरिसकेको छ । स्पेसएक्सका संस्थापक एलन मस्कले पनि स्टारशिप नै भविष्यमा सबैभन्दा बढी उपयोगी रकेट हुने बताउँदै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२