close

एकसाथ भारतका हजार सहरमा फाइभजी सुरु गर्दै जिओ

टेकपाना टेकपाना

माघ ९, २०७८ २०:१०

एकसाथ भारतका हजार सहरमा फाइभजी सुरु गर्दै जिओ

काठमाडौं । भारतीय मोबाइल सेवा प्रदायक कम्पनी जिओले देशका एक हजार सहरमा फाइभजी सेवा सुरु गर्ने तयारी थालेको छ । कम्पनीले फाइभजी नेटवर्कमा हेल्थकेयर तथा इन्डस्ट्रियल अटोमेसन टेस्टिङको काम समेत गरिरहेको छ ।

फाइभजी नेटवर्कमा डेटा खपत अत्यधिक हुनेछ । त्यसैद्ये कम्पनीले उच्च खपत हुने क्षेत्रका ग्राहकको पहिचानका लागि हिट म्याप, थ्रीडी म्याप र रे ट्रेसिङ प्रविधिको प्रयोग गरिरहेको छ ।

ता कि ग्राहकको आवश्यकताका आधारमा एउटा मजबुत नेटवर्क तयार पार्न सकियोस् । रिलायन्स इन्डस्ट्रिजको त्रैमासिक प्रतिवेदनमार्फत यो विषय बाहिर आएको हो ।

ग्राहकमा आधारित फाइभजी सेवा विकसित गर्नका लागि जिओले कयौँ टिमहरू तयार पारेको छ । जसलाई भारतका साथै अमेरिकामा समेत तैनाथ गरिएको छ ।

ता कि विभिन्न प्रकारका फाइभजी सोलुसन विकसित गर्न सकियोस् । कम्पनीको विश्वास छ कि यी टिमले फाइभजी सोलुसन तयार गर्नेछन्, जुन प्राविधिक रुपमा विश्वको समकक्ष अथवा त्यसभन्दा उन्नत स्तरको हुनेछ ।

फाइभजीलाई तीव्र गतिमा विस्तार गर्नका लागि कम्पनीले आधारभूत ढाँचालाई समेत तीव्र गतिमा बढाइरहेको छ । साइटहरूमा फाइबर तथा विद्युतको उपलब्धता समेत बढाउन लागिएको छ ।

ता कि फाइभजी रोलआउटको समयमा त्यसमा कुनै रोकावट अथवा ढिलाई नहोस् । रिलायन्स जिओको एआरपीयू अर्थात प्रति ग्राहक औसत आम्दानी समेत बढेको छ । प्रति उपभोक्ताबाट कम्पनीले प्रति महिना १५१.६ रुपैयाँ पुर्‍याएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२