close

फेब्रुअरी ९ मा सामसङको ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्ट, नयाँ के आउला ?

टेकपाना टेकपाना

माघ ११, २०७८ २२:२०

फेब्रुअरी ९ मा सामसङको ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्ट, नयाँ के आउला ?

काठमाडौं । सामसङले आउँदो फेब्रुअरी ९ मा ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्ट गर्ने भएकाे छ । आफ्ना फ्ल्यागशिप र बहुप्रतिक्षित उत्पादन सार्वजनिक गर्न कम्पनीले अनप्याक्ड इभेन्ट आयोजना गर्ने गर्छ ।

यसपटक सामसङले ग्यालेक्सी एस२२ स्मार्टफोन सिरिज र ग्यालेक्सी एस८ ट्याब्लेट सिरिज सार्वजनिक गर्ने चर्चा छ । हालै लिक्स्टर एभान ब्लासले फेब्रुअरी ९ को इभेन्ट पोस्टर सार्वजनिक गरेका छन् ।

सो पोस्टरमा ‘द इपिक स्ट्यान्डर्ड’ ट्यागलाइनमा ठूलो अक्षरको ‘एस’ देख्न सकिन्छ । पोस्टरमा धेरै कुरा नखुलाइए पनि यसबाट एस२२ स्मार्टफाेन सिरिज र एस८ ट्याब सिरिज सार्वजनिक हुने कुरामा स्पस्ट हुन सकिन्छ ।

एस२२, एस२२ प्लस र एस२२ अल्ट्रा गरी तीन माेडलमा एस२२ सिरिज सार्वजनिक हुने चर्चा छ । यसअघि बाहिरिएकाे एक विवरण अनुसार एस२२ अल्ट्रा माेडलमा चार वटा क्यामेरा सेटअप हुने र मुख्य सेन्सर १०८ मेगापिक्सेलको हुनेछ ।

त्यस्तै फोनमा एस पेन र नयाँ स्न्यापड्रागन ८ जेन १ चिप जस्ता मुख्य विशेषता रहनेछन् । याे फाेनमा १ टीबी स्टोरेज भेरियन्ट समेत हुनेछ ।

त्यस्तै फोनको डिस्प्ले ६.२ इन्चको हुने पनि अनुमान छ । एन्ड्रोइड १२ मा चल्ने फोनमा सामसङको पछिल्लो युजर इन्टरफेस वान यूआई ४ रहनेछ ।

त्यस्तै याे सिरिजका तीनवटै फोनमा ‘कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्लस’ प्रयोग हुने भएको छ ।

कोर्निङले डेढ वर्षअघि गोरिल्ला ग्लास भिक्टस ल्याएको थियो । त्यसको नयाँ संस्करणको रूपमा ‘गोरिल्ला भिक्टस प्लस’ पहिलो पटक सामसङ एस२२ सिरिजमा प्रयोग हुने भएको हो ।

त्यस्तै ग्यालेक्सी ट्याब एस८ सिल्भर र ब्ल्याक कलर भेरियन्टमा आउने छ, जसमा एस पेन सपोर्ट समेत हुनेछ । यो एस८ सिरिजमध्येकै सबैभन्दा सानो ट्याब्लेट हुने जनाइएको छ ।

Samsung Galaxy Unpacked rumored to take place on February 9

समा २५६०x१६०० पिक्सेल रेजोलुसन र १२० हर्ज रिफ्रेस रेटसहित ११ इन्चको एलटीपीएस एलसीडी डिस्प्ले हुनेछ । यसमा १३ मेगापिक्सेलको मुख्य र ६ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहनेछ ।

साथै स्न्यापड्रागन ८ जेन १ चिपसेट र ८ हजार एमएएच ब्याट्रीका यो ट्याबका मुख्य विशेषता हुनेछन् । सफ्टवेयरको कुरा गर्दा यो ट्याब एन्ड्रोइड १२ मा आधारत वान यूआइ ४ बाट सञ्चालित हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२