close

सेगवे ब्राण्डकाे नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

माघ १२, २०७८ १८:२५

सेगवे ब्राण्डकाे नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । अमेरिकी कम्पनी सेगवे ब्राण्डका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ । सेगवेका लागि नेपालको आधिकारिक आयातकर्ता र वितरक कम्पनी आई हब प्रालिले पहिलो चरणमा ‘सेगवे ई–१००’ बजारमा सार्वजनिक गरेको हो ।

सेगवेले सन् १९९९ देखि रोबोटिक प्रविधिमा समेत लगानी गर्दै आएको छ । एआईतर्फ कम्पनीले बम डिस्पोजल रोबोट, पर्सनल रोबोट, डेलिभरी रोबोट आदि निर्माण गर्दै आएको छ ।

कम्पनीले सन् २००१ देखि दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादन गर्दै आएको छ । विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने ई-स्कुटर ब्राण्ड सेगवे ई-१०० माघको तेस्रो हप्तादेखि नेपाली बजारमा उत्पादक वारेन्टीका साथ उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सेगवे ई–१०० नयाँ प्रविधिका साथ बजारमा भित्रिएकाे छ, जुन चालक नबसेसम्म स्टार्ट हुँदैन । त्यसैगरी, स्कुटरको स्ट्यान्ड नउठाउँदा अघि नबढ्ने बताइएको छ । सेगवे ई–१०० मा कुनै साँचो भने उपलब्ध छैन ।

रिमोट कन्ट्रोलमा आधारित यसमा दुईवटा बटन छन् । एउटाले स्कुटरलाई अन/अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ । स्कुटरमा २२ लिटर क्षमताको डिक्की उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार यसको ब्याट्री ७ घण्टामा फुल हुनेछ । भने, डुअल ब्याट्री मोड अन्तर्गत यसमा २०० किमिसम्म यात्रा गर्न सकिने जनाइएको छ । जसको बजार मूल्य दुई लाख ९१ हजार तोकिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२